हावाहुरीले भेटरेनरी अस्पताल बैतडीको भवनमा क्षति

बैतडी : बैतडीको पाटनस्थित भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको एक भवनमा हावाहुरीले क्षति पुर्याएको छ । शुक्रबार बिहान ११ बजेतिर बर्षासंगै आएको हावाहुरीले चारकोठे भवनको छानो उडाएको भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका नायब सुब्बा बिरसिंह महराले बताए ।

कार्यालय प्रमुखको निवासको रुपमा प्रयोग भइरहेको भवनको छानो हावाहुरीले उडाएको हो । भवनको छानो हावाहुरीले उडाएपछि भवनको पर्खालमा समेत समान्य क्षति पुगेको नायब सुब्बा महराले बताए । हावाहुरीले भवनमा झण्डै ८ लाख जतिको क्षति भएको अनुमान गरिएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.