कृष्ण मन्दीर पाटनको गुठी जग्गामा खोका छाप्रा : तीन बर्षबाट भाडा नतिरेको खुलासा !

बैतडी : बैतडीको एक गुठीको जग्गामा बनेको पसलले भाडा नतिरेको बिषय खुलासा भएको छ । जिल्लाको पाटन नगरपालिका ६ मा पर्ने कृष्ण मन्दीरको जग्गामा निमार्ण भएकाका पसलहरुले भाडा रकम नतिरेको खुलेको हो ।

तीन बर्ष पहिले त्तकालीन नगर प्रमुख केशब बहादुर चन्द र पाटन ६ का वडा अध्यक्ष राजेन्द्र सिह बिष्टको रहोवरमा मन्दीर व्यवस्थापन समितिले जग्गा भाडामा दिने निर्णय गरेको थियो । तर भाडामा दिएको ३ बर्षसम्म भाडा नदिएको मन्दीर व्यवस्थापन समितिको बैँठकबाट बाहिरीएको हो ।

सार्वजनीक जग्गा र मन्दीरको गुठी जग्गा दुवैको नाप लिएर भाड दिन केहि व्यवसायीहरु सहमत नभएपछि मन्दिर परिसरमा रहेका खोका छाप्राहरुको लामो समयसम्म भाडा संकलन नभएको हो ।

बैंठमा मन्दीर व्यवस्थापन समितिको निर्णय व्यापारीहरुले नमाने तथा सरसफाई व्यवस्थापन लगाएतका बिषयमा सरोकारवाला पक्ष गम्भीर नभएको भन्दै अध्यक्ष लवदेव जोशीले राजिनामा दिएका थिए । उनले तत्काल मन्दीर वरपर भएको फोहोर व्यवस्थापन र २०७८ सालदेखीको भाडा मन्दीरलाई दिने समहती पछि पुनः सबैको अनुरोधमा अध्यक्ष भएको जोशीले बताए । अब भाडा संकलन छिटै हुने बताए ।

केही व्यावसायीहरुले हरेक बर्ष कृष्ण जन्माष्टमीको दिन सामुहिक रुपमा एक हजारका दरले खर्च दिने गरेको बताए । केही व्यपारीले भाडा रकम नगद दिएको र मन्दीर व्यवस्थापनमा खर्च भएको व्यवस्थापन समितिका सचिव केशब खत्रीले बताए ।

बैधानिक रुपमा समिती गठन र बैंक खाता नभएकाले आफुहरुले भाडा दिन खोज्दा पनि समस्या भएकाले व्यपारीहरुले भनाई थियो । एक व्यपारीले भने, हामीले हरेक कृष्ण जन्माष्टमीका दिन रकम दिने गरेका छौँ , त्यो पनि भाडा मार्फतकै हो त्योबाट पनि कटाउनुस अनि बैठक खाता दिनुस, हामी भाडाँ तीन बर्षकै भुक्तानी छौँ।
प्रत्येक महिला प्रती फीटको ५ रुपैयाँका दरले भाडा उठाउने ब्यापारीहरुसङ्ग तीन बर्ष पहिले सम्झौता भएको थियो ।

स्थानीय लक्ष्मण भण्डारीले मन्दिरलाई संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले भाडा मार्फतको रकमले व्यवस्थापन समितिले मन्दिरको संरक्षण गर्नु पर्ने बताए । स्थानीय बिष्णु जोशीले राधाकृष्ण मन्दिर इतिहास बोकेको मन्दिर भएकाले यसको सबै पक्षले संरक्षण गर्नुपर्ने बताए ।

मन्दीर र सडक क्षेत्रको जग्गामा सात खोका छाप्रा निमार्ण गरिएका छन्र । भने नगर विकासको जग्गामा कती खोका छाप्रा बनेको छन् । त्यसको कुनै तथ्याङक सम्बन्धीत निकायसंग छैन् ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.