बैतडीमा सयुक्त बजार अनुगमनलाई निरन्तरता, आज खोड्पेमा ३७ हजार मुल्यका सामान नष्ट

बैतडी : बैतडीको पाटन नगरपालिकाले सयुक्त बजार अनुगमनलाई निरन्तरता दिइरहेको छ । जसअनुसार शोमबार  पाटन नगरपालिका-८ स्थित खोडपे बजारमा बजार अनुगमन गरिएको छ । पाटन नगर पालिकाका नगर उपप्रमुख कमल सिंह बोहरा, बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर पछाइ,  खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उध्योग कार्यालय र नेपाल प्रहरीको सयुक्त टोलीले बजार अनुगमन गरेको पाटन नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रशाद भट्टले बताए ।

सयुक्त बजार अनुगमनबाट ३७ हजार बढी मुल्यको अखाद्य तथा म्याद नाघेका समान नष्ट  गरिएको छ । बजारका ५९ पसल अनुगमन गरिएकोमा ५ वटा पसलबाट म्याद नागेका खाद्य तथा गैह खाद्य बस्तुहरु भेटिएका थिए । अखाद्य तथा म्याद नाघेका वस्तुमा पेय पदार्थ, पशु औषधि, रङरोगनका समाग्रीहरु रहेका थिए । बजारबाट संकलन गरिएका उक्त सामानहरु नष्ट गरिएको नष्ट गरिएकाे हाे ।

स्थानीय उपभोक्ताहरुले सामान खरिद गर्दा ध्यान पु¥याउनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी पछाइले बताएका थिए । नगरपालिकाले व्यवसाय नविकरणका लागि समेत अनुराेध गर्ने तथा लामाे समय नविकरण नगरेका व्यवासायीलाइ जरिवाना गर्ने काम पनि गरिएकाे निमित प्रमुख प्रशासकिय अधिकृत भट्टले बताए ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.