बैतडी : बैतडीका बिद्यार्थी नेता गाणेश बमको टाउकोको सल्यक्रियाका लागि आर्थिक अभाव भएको छ ।
जिल्ला पुर्चौडी नगरपालिका २ महादेस्थान घर भएका अखिल क्रान्तिकारी केन्द्रिय कमिटी सदस्य तथा सहिद करुणा बमका सहोदर भाइ गणेशको टाउकोको चोटकार कारण गम्भीर घाइते भएकाले सल्यक्रियाका लागि आर्थिक सहयोगको आफ्न्तले अपिल गरेका छन् ।
कैलालीको निसर्ग अस्पतालमा भर्ना रहेका नेता बम टाउकोको सल्यक्रिया भइसकेको अवगत गराउदै सल्यक्रिया पश्चात् अहिले आइसियू कक्षमा उपचार भइरहेको आफ्न्तले बताए ।
टाउकोको जटिल सल्यक्रियाका कारण होस आउन अझै समय लाग्ने र लामो समय उपचार गर्नु पर्ने तथा परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको कारण आफुले सक्ने सहयोग गरिदिन हुन सबैलाइ हार्दिक आग्रह गर्दछौ । नेपाक माओवादी केन्द्र बैतडीका संयोजक शंकर भण्डारीले लेखेका छन् ।
गणेशको जीवन रक्षाका लागि आर्थिक सहयोग उहाँको भाइ धोज बहादुर बमको लक्ष्मी सनराइज बैंकमा रहेको खाता नम्बर २१८१४५५७४८०५४००१ मा जम्मा गरिदिन हुन सादर अनुरोध गरेका छन् ।
धनगढीमा बेहोस अवस्थामा भेटीएका बिद्यार्थी नेता बमको कसरी चोट लाग्यो भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।