माओवादी केन्द्रले गर्याे सुदूरपश्चिममा जिल्ला इन्चार्जहरुको जिम्मेवारी हेरफेर

बैतडी : नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा जिल्ला इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ।

असोज ६ गते पार्टी हेटक्वाटरले एक परिपत्र जारी गर्दै इन्चार्ज हेरफेर गरिएको हो। ६ जिल्लामा नयाँ इन्चार्ज तोकिएका छन् भने बैतडी, बाजुरा र कञ्चनपुरमा भने पुरानै इन्चार्जहरु यथावत छन्।

कञ्चनपुरमा टेकेन्द्र भट्ट, बाजुरामा कर्णबहादुर विश्वकर्मा (केशब) र बैतडीमा नरेन्द्र बहादुर कुँवर इन्चार्ज थिए। उनीहरू यथावत छन्। त्यस्तै कैलालीमा नेपबहादुर चौधरी, डोटीमा त्रिलोचन भट्टलाई जिम्मेवारी दिइएको छ। त्यस्तै डडेल्धुरामा कुन्ती जोशीलाई इन्चार्ज तोकिएको छ।4

उता अछाममा शरदसिंह भण्डारी इन्चार्ज बनेका छन्। दार्चुलामा लक्ष्मणदत्त जोशीले इन्चार्जको जिम्मेवारी पाएका छन भने बझाङमा मिनबहादुर कुँवरलाई जिम्मेवारी दिइएको छ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.