बैतडीको पाटनमा नयाँ प्रमुख प्रशासकीय अधिकृत जोशी हाजिर, काम गर्न चुनाैती

बैतडी : बैतडीको पाटन नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत अम्मरराज जोशी हाजिर भएका छन् । प्रमुख प्रशासकीय अधिकृत जोशीलाई बिहीबार एक कार्यक्रमकाबीच नगरपालिकामा स्वागत गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जोशीलाई गएको भदौ ३१ गते पाटन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा सरुवा गरेको थियो । जोशी आज नगरपालिकामा हाजिर भएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत जोशीको स्वागतमा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख गौरीसिंह रावल, उपप्रमुख कमलसिंह बोहरा, वडा अध्यक्ष लगायतका जनप्रतिनिधि र नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत जोशीले कर्मचारीहरुले सेवाभावले काम गर्नुपर्ने बताए । राम्रो काम गर्ने वातावरण सिर्जना गर्नेतर्फ सम्वद्ध सबैको ध्यान जानु पर्नेमा उनले जोड दिए ।

यसअघि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह ऐरीको दोहरो जिम्मेवारी रद्ध भएपछि नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन भएको थियो । जोशी हाजिर भएसंगै नगरपालिकाका आर्थिक तथा प्रशासनिक कामहरु अघि बढेका छन् ।

काम गर्न चुनौती
पाटन नगरपालिकाले असोज १० गतेसम्म आफ्नो बजेट निमार्ण गर्ने सकेको छैन् । जोशी हाजिर भएकै दिन कार्याालिका बैंठक बजेटमा सहमतीका लागि राखिएको छ । बजेट बाडँफाँड समयमै नहुँदा प्रमुख प्रशासकिय अधिकृत जोशीलाई काम गर्ने चुनौती छ ।

कार्यपालिकाले बजेट पारित गरे लगतै उनले नगर सभा राखेर बजेट सुत्रमा राखेपछि मात्र कारोबार तथा तलब भत्ता लगायतका काम अगाडी बढने छ ।

तल्लकाली प्रमुख प्रशासकिय अधिकृत गाणेश सिह ऐरीले गरेको कार्यपालिका निर्णयमाथि अधिकासँ कार्यपालिका सदस्यले प्रश्न उठाएकाले नयाँ प्रमुख प्रशासकिय अधिकृत जोशीलाई चुनौती थपिएको छ । जनप्रतिनिधीहरुमा अहिले तालमेल राम्रो नहुँदा बजेट समेत समयमै निमार्ण नभएको कार्यपालिका सदस्यहरु बताउदै आएका छन् ।

खास गरी पाटनमा नगर प्रमुख गौरी सिह रावल निकट वडा अध्यक्षहरुले नगरपालिका सञ्चालन तथा बजेट निमार्ण गर्ने खोज्दा समस्या आएको स्रोतको भनाई छ । वडा अध्यक्षले नै कार्यपालिकामा बजेट निर्माण गरेर ल्याउने भए सम्र्पूण कार्यपालिका सदस्यको अर्थ के रहन्छ भन्दै असार २१ गतेको कार्यपालिकामा बजेटमाथि सहमती भएको थिएन् ।

बझाङको जयपृथ्वी नगरपालिकामा २ बर्ष ७ महिना काम गरेका जोशीलाई पाटनमा कठिन छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.