महाकाली नदीमा बगेर बैतडीका एक युवक बेपत्ता

बैतडी : महाकाली नदीमा बगेर बैतडीका एक युवक बेपत्ता भएका छन्।

जिल्लाको पुर्चौडी नगरपालिका–५ कुवाकोटका २३ वर्षीय अमर धामी आज बिहान ११ बजे महाकाली नदीमा बगेर बेपत्ता भएका हुन् ।

पिथौरागढबाट घर फर्किने क्रममा झुलाघाट वारी सडक छेउबाट लतारिएर उनी नदीमा खसेका बताइएको छ ।

नदीमा खसेर बेपत्ता धामीको खोजतलासका प्रहरीको टोली खटाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बताए।

अहिले उनको खोजि भैरहेको प्रहरीले जनाएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.