आज विश्व रेबिजविरुद्धको दिवस मनाइँदै, बिद्यार्थीसंग अन्तरक्रिया

बैतडी : आज विश्व रेबिजविरुद्धको दिवस। नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ।

रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाउने गरिएको छ। यो दिवस लुइस पाश्चरको मृत्युको वार्षिकोत्सवका रुपमा समेत मनाइन्छ।

फ्रान्सेली वैज्ञानिक लुइसले रेबिजविरुद्धको पहिलो खोप विकास गरेका थिए। पशु सेवा विभागले रेबिज दिवसमा विशेष सचेतनामूलक कार्यक्रम गर्न भन्दै ७५३ वटै स्थानीय तहलाई परिपत्र गरेको छ। ‘अवरोध हटाऔँ, रेबिज उन्मूलन गरौँ’ भन्ने नारासहित यो वर्ष रेबिज रोगविरुद्धको दिवस मनाउने कार्यक्रम रहेको विभागले जनाएको छ।

विभागका अनुसार स्थानीय तहहरूले असोज ६ देखि १२ सम्मलाई सप्ताहव्यापीरुपमा रेबिजविरुद्धको सचेतना फैलाउने कार्यक्रमहरू गर्न पत्राचार गरिएको छ। दिवसको अवसरमा डडेल्धुरा र बैतडीमा भेटेरेनरी अस्पताल तथा विज्ञ केन्द्रहरुले बिद्यार्थीहरुसंग रेबिज रोकथामका बिषयमा अन्तक्रिया कार्यक्रम गरेका छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ मा पर्ने असिग्राम माविका बिद्यार्थीसंग रेबिज रोकथामका बारेमा छलफल गरिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराका प्रमुख देवराज भट्टले बताए ।

यता जिल्लाको मुख्य केन्द्र पाटन नगरपालिका-६ मा पर्ने कृष्ण माविमा पनि बिद्यार्थीसंग रेबिज रोकथामका बारेमा छलफल गरिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बैतडीका प्रमुख श्याम बहादुर खड्काले बताए ।

दिवसको अवसरमा रेवीज विरुद्धको एक दिने निःशुल्क खोप कार्यक्रम सञ्चालन गरेकाे र अहिले स्थानीय तहले कार्यक्रम सञ्चालन गरीरहेकाे उनले बताए ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.