बैतडीमा बसको ढोकाबाट खसेर एक जना गम्भीर घाईते

बैतडी : बैतडीमा बसको ढोकाबाट खसेर एक जना गम्भीर घाईते भएका छन् । घाईते हुनेमा जिल्लाको मेलौली नगरपालिका-७ काडाँ बस्ने बर्ष १८ का बस सहचालक नविन भट्ट रहेका छन् ।

मेलौली नगरपालिका-१ प्रहरी चेक पोष्ट स्थित महेन्द्रनगरबाट पञ्चेश्वर जाँदै गरेको पवनदुत यातायातको बस रोक्न खोज्दा सहचालक भट्ट खसेका हुन् ।

चालक दिपक मल्लले चलाएको ना ८ ख ६३६१ नम्बर को बस रोक्न खोज्दा खसेर

घाइते भट्टलाई प्राथमिक स्वस्थ्य केन्द्र मेलौलीमा समान्य उपचार पश्चात थप उपचारको लागी डडेल्धुरा अस्पताल डडेल्धुरा पठाएको अवस्था गम्भिरको सुरक्षा स्रोतले बताएको छ ।

उनलेको दाहिने कानबाट रगत बगी रहेको छ । चालक मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.