शिक्षाको गुणस्तर सुधारका लागि शिद्धेश्वर मावि विव्यस अध्यक्षले गरे प्रअसंग करार सम्झैता

बैतडी: 

बैतडीको पाटन नगरपालिका एक बिद्यालय व्यवस्थापन समितिले प्रअसंग कार्य सम्पादन करार सम्झैता गरेको छ । नगरपालिका वडा नम्बर १ मा पर्ने शिद्धेश्वर मावि मेल्चोराले बिद्यालय प्रशासनसंग कार्य सम्पादन करार सम्झैता गरेको हाे ।

sanke

विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिक्मत रावलले वडा अध्यक्ष तर्कसिह ठगुन्नाको रहोवरमा प्रधानाध्यपक प्रकाश लोहारसंग सम्झैता गरेका हुन् । बिद्यालयले शिक्षाको गुणस्तर सुधारका लागि बिद्यालय व्यस्थापन समिति, शिक्षक, अभिवावकको भुमीका समेत महत्वपूर्ण हुने भएकाले पहिलो चरणमा प्रअसंग सम्झैता गरेको अध्यक्ष रावलले बताए ।

अब प्रअले शिक्षकसंग करार सम्झैता गर्ने छन् । पाटन नगरपालिका अन्य बिद्यालयले पनि अब करार सम्झैता गर्ने तयारीमा रहेको पाटन नगरपालिका शिक्षा शाखा प्रमुख ललित कुमार पाण्डेयले बताए ।

Leave A Reply

Your email address will not be published.