आठ दलीय गठबन्धनको बैठक: कार्यदल गठन

काठमाडौं:

राष्ट्रपति र उपराष्ट्रपति चुनावका लागि साझा उम्मेदवारमा सहमति गरेको आठ दलीय गठबन्धनले राष्ट्रपतिको निर्वाचनलाई लिएर कार्यदल गठन गरेको छ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठकले कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल गठन गरेको हो।

उक्त कार्यदलमा माओवादी केन्द्रका तर्फबाट महासिचव देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ र जनमत पार्टीबाट अब्दुल खाँ रहेका छन्।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी रहेका छन्।

बैठकमा सहभागी एक नेताका अनुसार राष्ट्रपति निर्वाचनका लागि कार्यदलमा रहेका सदस्यहरुले आ–आफ्नो पार्टीको जिम्मेवारी लिनुपर्ने निर्णयसमेत गरिएको छ।

यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ। जसमा आठ दलीय गठबन्धनले कांग्रेसका रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाएको छ भने नेकपा एमालेका तर्फबाट सुवाचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन्।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.