ललित बाेहरा,बैतडी : जिल्ला न्यायाधीस राजेन्द्र भण्डारीद्धारा लेखित उदयदेव दर्शन नामक पुस्तक सार्वजनिक गरिएको छ ।
बिहीबार पाटनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले एक औपचारिक कार्यक्रमका बिच पुस्तकको विमोचन गरेका हुन् ।
पाटन नगरपालिका-६ मा पर्ने उदयदेव मन्दीरको एतिहास लगायतका बिषयलाई समेटेर लेखेको वैचारिक लेख संगालो सार्वजनिक गरिएको न्यायाधीस भण्डारीले बताए ।
एतिहास राख्नमा सहयोग पुग्ने खालको लेख पुस्तकमा रहेको उनले बताए ।
पाटन- ६ मा जन्मका भण्डारी अहिले कञ्चनपुर जिल्ला अदालतमा न्यायाधीसको भुमीकामा छन् । विमोचन कार्यक्रममा मन्त्री भण्डारी, पाटन नगरपालिका नगरप्रमुख गौरीसिह रावल, उपप्रमुख कमल सिह बोहरा, वडा अध्यक्ष राजेन्द्र बिष्ट, पूव जिल्ला शिक्षा अधिकारी बसन्त खत्री लगायतको उपस्थीती रहेको थियो ।