डडेल्धुरा:
डडेल्धुराको अजयमेरु गाउँपालिकाको कृषि एम्बुलेन्सले आफ्नो सेवा सुरु गरेको छ । पालिकाको सबै वडाबाट कृषि तथा पशुजन्य उपज ढुवानी सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लालबहादुर सेटीले बताए ।
किसानलाई कृषि उत्पादनको ढुवानी सहज बनाउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट विकासले बताए ।
स्थानीय किसानले खेतबारीमा उत्पादित कृषिउपजलाई बिक्रीका लागि बजारसम्म पुर्याइनेछ । भने बजारबाट किसानका आवश्यक कृषिजन्य वस्तु ढुवानी समेत गर्ने अध्यक्ष भट्टले बताए ।
गाउँपालिकाले ‘कृषि एम्बुलेन्स’ संचालनमा ल्याएपछि तरकारीजन्य बस्तु ढुवानी गर्न थालेसंगै यहाँका कृषक हर्षित भएको स्थानीय लक्ष्मी पनेरुले बताए ।
कृषि एम्बुलेन्समार्फत किसानका उत्पादन बस्तु बजारसम्म पुग्ने र उपभोक्ताले सुपथ मूल्यमा पाएपछि आकर्षक भएको गाउँपालिकाले जनाएको छ ।