पिपिएल–४: १७ टिम दर्ता,बुधबार मन्त्री भण्डारीले उद्घाटन गर्ने

बैतडी पिपिएल
बैतडीको पाटनमा बुधबारदेखि  पिपिएल–४ हुन गइरहेको छ ।

जिल्लाको पाटन नगरपालिका ६ स्थित कृष्ण माविको खेलमैदानमा हुने चौथो संस्करको पिपिएल–४ को तयारी पुरा भएको आयोजकले जनाएको छ।

पाटन क्रिकेट क्लबको आयोजनामा हुन गइरहेको पाटन प्रिमियर लिगमा १७ टोलीले सहभागिता जनाउदैछन् ।

बुधबार उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रमको आयोजना गरि समुद्घाटन कार्यक्रमको आयोजना गरिन लागिएकोआयोजक पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिए ।
उद्घाटन खेल सहस्त्रलिङ क्रिकेट क्लब र खोडपे क्रिकेट क्लबबीच खेल हुनेछ ।
सहभागिता जनाएका १७ टोलीलाई ६ समुहमा विभाजन गरिएको छ ।
समुह ए मा खोड्पे क्रिकेट क्लब, पाटन भ्याली र सहश्त्रलिङ्ग क्रिकेट क्लब रहेका छन् ।
समुह बी मा किम्तोली, पिसिसी र नवजागृति रहेका छन् ।
समुह सी मा ग्वाललेक, कोइनोडा गुरुखोला लाइन्स  र सागर स्पोर्टस क्वब रहेका छन् ।
समुह डी मा कुलगडे, दिपचन र रिभरसाईड रहेका छन् ।
समुह ई मा एनसीसी क्यू र नागार्जुन क्लब सप्राली रहेका छन् ।
त्यसैगरी समुह एफमा पञ्चेश्वर गाउँपालिका, सिगास गाउँपालिका र पाटन स्टार क्रिकेट क्लब रहेका छन् ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.