बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिगमा किम्तोली क्रिकेट क्लब र पाटन भ्याली क्रिकेट क्लबले पहिलो जित दर्ता गरेको छ । नवजागृति क्रिकेट क्लबलाई ३६ रनले हराउदै किमतोलीले विजयी सुरुवात गरेको हो ।
किम्तोली क्रिकेट क्लबले दिएको १९१ रनको विजयी लक्ष पछ्याउने क्रममा नवजागृति क्रिकेट क्लबले १९.१ ओभरमा अलआउट हुदै १५४ रनमै समेटियो । नवजागृतिका कप्तान समेत रहेका बिक्रम पाण्डेयले ८६ रन बनाएका थिए ।
उनी बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । किम्तोलीका सन्तोष चन्दले ५ विकेट लिए । पाटन–६ स्थित कृष्ण माविको खेल मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको किम्तोलीले निर्धारित २० ओभरमा अलआउट हुदै १९० रन बनाएको थियो । किम्तोलीका लागि प्रकाश बुडालले ६४ रन बनाएका थिए ।
राहुल चन्दले ३५ रन बनाए । सचिन बिकले ३ विकेट लिएका थिए । किम्तोलीबाट ५ विकेट लिएका सन्तोष चन्द म्यान अफ द म्याच चुनिए ।
यस्तै सहस्त्रलिङ क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।
सहस्त्रलिङले दिएको १३६ रनको लक्ष ११.२ ओभरमा २ विकेट गुमाउदै लक्ष भेट्टाएको हो ।
पाटन भ्यालीका राहुल भण्डारीले नटआउट ५१ रनको अर्धसतीय इनिङ खेलेका थिए । खगेन्द्र जोशीले पनि नटआउट ३५ रन हिर्काएका थिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको सहस्त्रलिङ्ग क्रिकेट क्लबले १७.४ ओभरमा अलआउट हुदै १३६ रन बनाएको थियो ।
४० तथा निखिल चन्दले ३४ रन बनाएका थिए । पाटन भ्यालीका सन्दीपले ३ विकेट लिएका थिए ।