सुदूरका पहाडी जिल्लामा स्वास्थ्य कार्यालय बैतडी उत्कृष्ट

 

सुदूरपश्चिमका पहाडी जिल्लाहरुमध्ये स्वास्थ्य कार्यालय बैतडी उत्कृष्ट भएको छ । स्वास्थ्य निर्देशनालय दिपायल, डोटीले कैलालीको धनगढीमा आयोजना गरेको स्वास्थ्य कार्यक्रमहरुको एकीकृत बार्षिक समीक्षा गोष्ठीमा पहाडी जिल्लाहरुमा स्वास्थ्य कार्यालय बैतडी उत्कृष्ट भएको हो ।

समग्र सुदूरपश्चिममा तृतीय स्थान हाँसिल गरेको स्वास्थ्य कार्यालय बैतडी पहाडी जिल्लाहरुमध्ये उत्कृष्ट भएको हो ।

गत आर्थिक बर्षमा सम्पादन गरेका स्वास्थ्य कार्यक्रमहरुको आधारमा स्वास्थ्य कार्यालयहरुको मूल्यांकन गरिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले बताए ।

स्वास्थ्य कार्यालय बैतडी ७८.४३ प्रतिशत अंक प्राप्त गर्दै समग्र सुदूरपश्चिममा तेश्रो र पहाडी जिल्लाहरुमा उत्कृष्ट भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए ।

कार्यालयहरुको बेरुजुको अवस्था, स्वास्थ्य कार्यक्रमहरु समेटिएको बार्षिक प्रतिवेदन प्रकाशन, दुर्गम तथा भौगोलिक क्षेत्र, गुणात्मक मूल्याकंन, स्वास्थ्य कार्यालयहरुद्वारा सम्पादित कामहरु झल्किने फेलेक्स बोर्ड, बित्तीय प्रगति लगायतका सूचकका आधारमा स्वास्थ्य कार्यालयहरुको मूल्यांकन गरिएको हो ।

समग्र सुदूरपश्चिममा स्वास्थ्य कार्यालय कञ्चनपुर प्रथम र स्वास्थ्य कार्यालय कैलाली दोश्रो भएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.