बैतडीमा दुग्द्यको बजारिकरण लागि डेरी उद्योग सञ्चालन

 

ललित बाेहरा:

बैतडीमा स्थानीय उत्पादन दुग्द्यको बजारिकरण लागि डेरी उद्योग सञ्चालनमा ल्याएको छ । जिल्लाको सुर्नया गाउँपालिका- ८ ढोलेमा श्री लालिगुस साना किसान कृषि सहकारी संस्थाले डेरी उद्योग स्थापना गरेको हो ।

ढोले र किमगैरका स्थानीय किसानले उत्पादन गरेको दुग्द्य संकलन गरेर डेरीका प्ररिकार बनाउने उदेश्यले डेरीको स्थापना गरेको लालिगुस साना किसान कृषि सहकारी संस्थाका सचिव पार्वती विकले बताइन् ।

वमन्स बैंक र एफसिएको आर्थिक सहयोग तथा साझेदार संस्था सामाजिक चेतना तथा विकास संघ (साडा) नेपाल र नम्बर ८ को कार्यालयको आर्थिक सहयोगमा डेरी संञ्चालनमा आएको हो ।

करिब ७ लाखको लागनीमा डेरी सञ्चालनमा भएको साडा नेपाल कृषि प्राविधि दिपेश सिह धामीले बताए ।

डेरी सञ्चालन भएपछि किसानले उत्पादन गरेको दुद्यको बजारिकरणका लागि सहज भएको कृषक मानमती बोहराले बताइन् ।

यस्तै मंगलबार सुर्नया गाउँपालिका- ८ ढोलेमा डेरी सम्बन्धी परिकार बनाउने तालिम सुरु गरेको छ ।

वमन्स बैंक र एफसिएको आर्थिक सहयोग तथा साझेदार संस्था सामाजिक चेतना तथा विकास संघ (साडा) नेपाल आयोजना र वडा नम्बर ८ को कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बैतडीको समन्वय तथा सहयोगमा तालिम सुरु गरेको आयोजना साडा नेपालमा कार्यक्रम संयोजक भुपाल बोहराले बताए ।

वडा नम्बर ८ का वडा अध्यक्ष भान बहादुर बोहराको अध्क्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका अध्यक्ष अमर बहादुर कुवँर, विशिष्ट अतिथीमा मन्जु बोहरा महरा, अतिथी एफसिएका कार्यक्रम अधिकृत पुजा लामिछाने, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत लोकराज जोशी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बैतडीका प्रमुख तथा प्रशिक्षक ललित कठायत लगायतका रहेका थिए ।

 

 

 

 

 

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.