पाटन १० : सिद्धपुर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी र वडा अध्यक्षसंग नगरप्रमुखसहित टिमद्धारा छलफल

बैतडी : बैतडीको पाटन नगरपालिका वडा नम्बर १० का स्वास्थ्यकर्मी र वडा अध्यक्षसंग नगर प्रमुखसहितको टिमले छलफल गरेको छ । सिद्धपुर स्वास्थ्य चौकी व्यवस्थापन समितिले त्यहाँ कार्यरत सम्पुर्ण कर्मचारीको सरुवा माग गरेर नगरपालिकालाई पत्र पठाएपछि वडा अध्यक्ष धनबहादुर कुवँरसहितका वडाका जनप्रतिनिधीहरु बिच मनमुटाव बढेको थियो ।

एक कर्मचारीले आफुलाई दिएको जिम्मेवारी पुरा नगरेपछि उत्पन्न भएको विवाद सम्पुर्ण कर्मचारी सरुवा मागसम्म पुगेको थियो । विवादका कारण करिब ४ महिनादेखी स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षसहितका सदस्यले स्वास्थ्य चौकी नै जान छोडेका थिए । भने कर्मचारीहरुले पनि मन लगाएर काम नगरेको बिषय जनतासामु पुगेको थियो ।

वडा अध्यक्ष तथा व्यवस्थापन समिति अध्यक्ष कुवँरले नगरकार्यपालिकामा स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी कसले कम गर्दैन्र छानविन समिति बनाएर छलफल गर्न माग गरेपछि नगर प्रमुख गौरीसिह रावल, नगर उपप्रमुख कमल सिह बोहरा, प्रमुख प्रशासकिय अधिकृत अमरराज जोशी, सामाजिक विकास समिति संयोजक हरिष बिष्ट, वडा नम्बर ६का वडा अध्यक्ष राजेन्द्र बिष्ट लगायतको टिमले स्वास्थ्य चौकीमा पुगेर छलफल गरेको हो ।

छलफलमा स्वास्थ्यकर्मीले आफुलाई स्वास्थ्य चौकीमा जिम्मेवार जनप्रतिनिधीबाट काम गर्ने वातावरण नपाएको बिषयमा जोड दिए ।  स्वास्थ्य चौकी इन्चार्ज दिपिका भट्टले काम गर्ने वातावरण नभएकाले आफुले इन्र्चाज पदबाट राजिनामा दिने निर्णयमा पुगेको सुनाइन् ।

उनले आफु नयाँ भएकाले जनप्रतिनिधीले भनेको मान्ने गरेको तर उल्टै मलाई दोषी देखाएको गुनासो सुनाइन् । उनले अब पढाईमा समेत समय दिनु पर्ने भएकाले अरु कर्मचारीलाई सहयोग गर्ने भन्दै आफु राजिनामा दिने बताइन् ।

छलफलमा बोल्दै वडा अध्यक्ष कुवँरले आफुले गरेको निर्णय पाटन सरकारले नमान्ने भए व्यवस्थापन समितिको बैठक राख्न आवश्यक नरहेको धारणा राखेको थिए । उनले छनविन समिति नै बनाउनु पर्ने भनाई राखेपछि प्रमुख प्रशासकिय अधिकृत जोशीले नगर प्रमुख, उपप्रमुख लगायतको यो टीम छनविन समिति भन्दा ठुलो हुने बिचार राखे ।

प्रमुख प्रशासकिय अधिकृत जोशीले समान्य छलफल तथा अनुगमनका लागि वडा कार्यालय  र स्वास्थ्य चौकीमा पुगेको बताए । उनले कर्मचारी र जनप्रतिनिधी मिलेर जनताको हितमा काम गर्नु पर्ने बिषयमा जोड दिए । अनौपचारीक छलफल तथा वाद-विवादहरु अन्तिमसम्म नबोलेर सुनीरहे ।

छलफलमा सहभागी निर्वतमान वडा अध्यक्ष देवेन्द्र कुवँरले वडा अध्यक्षको गैरजिम्मेवारीपूर्ण भाषाले कर्मचारीहरु र जनप्रतिनिधी बिच द्धन्द बढेको बताए । उनले भने, वडा अध्यक्ष सबैको अभिभावक हो, जे मन लाग्यो त्यही निर्णय गर्नु भएन् । नैतिकता कायम राख्नु पर्छ, ।

लग्तै वडा अध्यक्ष धनबहादुरले निर्वतमान अध्यक्ष देवेन्द्रले बोलेको बिषयमा प्रतिवाद गरे । उनले भने, नौतिकता माथि प्रश्न गर्ने तिमि को हो, मलाई नौतिकता नसकिनुस  । …..

वडा अध्यक्ष कुवँरले कृषि क्षेत्रको कर्मचारीलाई छनविनका लागि पठाएको भन्दै नगरपालिकाकाे विरुद्ध गरे ।

छलफलमा सामाजीक विकास समिति संयोजक हरिष बिष्टले धेरै दिन छलफलका लागि नगर प्रमुखसंग आग्रह गरेको बताए । कर्मचारी भन्दा जनप्रतिनिधी बढी जिम्मेवार हुनु पर्ने देखिएको बताए । उनले भने, कर्मचारी दोषि होला तर यहाँ त जनप्रतिनिधी ज्यूले समेत जिम्मेवार हुनु पर्ने देखिन्छ अगामी दिनमा कसरी स्वास्थ्य संस्था संचालन गर्ने बिषयमा छलफल गर्नुपर्छ ।

नगर उपप्रमुख बोहराले जनप्रतिनिधी र कर्मचारी मिलेर जनतालाई सेवा दिनु पर्ने बताए । उनले यहाँका सबै कर्मचारी सरुवाको बिषय संम्भव नहुने भएकाले विगतलाई बिर्सेर अगाडी बढनु पर्ने बताए । जनप्रतिनिधी जनताकाे सेवक भएकाे धारणा राखे । उनले नगरपालिकले छिटै एक निर्णयमा पुग्ने बताए ।

नगर प्रमुख रावलले समस्या समाधान गर्ने आफु आएको बताए । उनले जनप्रतिनिधीले आफ्नो वडामा के गर्ने कसरी गर्ने भन्ने बिषय आफुले नै मिलाउनु पर्ने बताए । १० नम्बरको सम्बन्धमा त्यो भएन् सबैसंगको छलफलपछि एक निर्णय आउने भएकाले सरुवा हुन्छ की भनेर आफ्नो काम नछोड्ने निर्देशन दिए ।

२ सय ५५ भात्ताले समस्या 

२ सय ५५ सुत्केरी गराए मार्फत भत्ता अनमीले पाउने गरेका थिए । त्यो भत्ता नजिक घर भएकाले रात/दिन काम गरेरपछि  अनमी मिना महराले बार्षिक रुपमा  बढी बुझेको देखियो ।

त्यो देखेपछि करारमा काम गर्ने अनमी इश्वरी पन्त जोशीले व्यवस्थापन समितिलाई आफुले पनि काम थप गर्न पाउनु पर्ने तथा जसको जिम्मेवारी छ त्यसले मात्र भत्ता पाउने निर्णय समितिले गरेको रहेछ ।

२ सय ५५ का लागि बिदाका दिन समेत आलोपालो नगर्ने कर्मचारीमा भए छ ।

जसको बिषयमा समितिका छलफल भयो तर वडा अध्यक्षले करारकै कर्मचारीको पक्षमा यती बोलेकी डिउटीका लागि नगरप्रमुखलाई फोन आए ।

इश्वरी जोशी नभएकाले मिनालाई डिउटी गर्न भनेर भनीदिनु पर्यो ।

त्यसपपछि स्वास्थ्य शाखाबाट फोन आयो मेयरसापले फोन गरेका छन् एकजना गर्ववती महिलालाई हेरीदिनुस । मिनाले छलफलमा भनीन्, आफनो डिउटी गर्ने भत्ता खाने निर्णय भएकाले छ । म कसैको फोन भएपनि गर्न सक्दैन् । की सम्बन्धी मान्छेले मलाई फोन गर्ने नसकेको हो। डिउटीका लागि मलाई मेयर सापले फोन गर्नु पर्दैन । आफै निर्णय गर्छन्र आफै गरेन् भन्छन् । काम गर्ने वातावरण भएन् अनमी महराले भनिन् । समस्या २ सय ५५ बाटै हो ।

नगरपालिकाले स्वास्थ्यकर्र्मीसहितका १३ जना दरबन्दी भन्दा बढी भएका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको छ । जस अन्र्तगत करार सेवामा काम गर्ने इश्वरी जोशी पन्त पनि गरेकी छन् ।
अब सिद्धपुर स्वास्थ्य चौकीमा नयाँ इन्चार्ज तोक्ने मनसायमा नगरपालिका पुगेको एक जनप्रतिनिधीले बताए ।

 

 

 

 

 

 

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.