बैतडीमा लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका रनेश १८ दिन थुनामै रहने

बैतडी : बैतडीको पाटनमा लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका युवक १८ दिन थुनामै रहने भएका छन् । जिल्लाको पाटन नगरपालिका–४ खोल्सी घर भएका २१ वर्षीय रनेश बिकलाई जिल्ला अदालत बैतडीले १८ दिन थुनामै राखेर अनुसन्धान गर्ने अनुमती दिएको हो ।

पाटन नगरपालिका-६ स्थित सुर्नया गाडको पुल नजिकबाट बिहिबार राती १२ः३० बजेको समयमा पक्राउ परेका थिए ।

इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश साउँदको नेतृत्वमा खटिएको टोलीले बिकलाई २ ग्राम ४९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थिए ।

लागु औषध नियन्त्रणको लागि प्रहरीले निगरानी बढाइरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेन्द्र साउँदले जानकारी दिए । केही दिन पहिले पाटन प्रहरीले चरेशसहित एक पुरुष पक्राउ गरेको थियो ।

us dintal patan
Leave A Reply

Your email address will not be published.