सुदूरपश्चिममा ८२ महिला फरार

धनगढीः सुदूरपश्चिममा ८२ महिला फरार छन्। अपराधमा मुछिएका तर सम्पर्कमा नरहेका ८२ महिला फरार रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अभिलेख छ।

प्रदेश प्रहरी कार्यालयले विभिन्न अपराधमा संलग्नहरको सुची बनाएको छ। हत्या, लागुऔषध, बैकिङ कसुर, चोरी, जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, आत्महत्या दुरुत्साहन लगायत अपराधमा संलग्न तर फरार रहेकाहरुको सुची प्रदेश प्रहरी कार्यालयसँग छ। यस्ता विविध प्रकृतिका अपराधमा संलग्नको संख्या प्रदेशभित्र वर्षेनि बढ्दै गएको छ।

आर्थिक वर्ष २०७८/७९ देखि आर्थिक वर्ष २०८०/८१ सम्म यस्ता विविध अपराधमा संलग्न पाँच सय ७० महिला भने पक्राउ परिसकेका छन्। ८२ महिला अझै फरार रहेको प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ। अपराधमा मुछिएका पाँच सय ४४ जना पुरुष पनि फरार छन्। सो अवधिसम्म ७ हजार ६ सय ३९ जना पूरुषलाई प्रहरीले पक्राउ गरेको छ।

सुदूरपश्चिममा जिल्लास्थित प्रहरी कार्यालयमा लागुऔषध, बैंकिङ कसुर, चोरी, जबरजस्ती करणी, हत्या, कुटपिट, आत्महत्या दुरुत्साहन लगायत अपराधमा मुद्दा दर्ता गराउनेको संख्या बढ्दै गएको छ। आर्थिक वर्ष २०७८/७९ मा तीन हजार २८, आर्थिक वर्ष २०७९/८० मा तीन हजार पाँच सय ३ र आर्थिक वर्ष २०८०/८० मा तीन हजार ६ सय तीनवटा मुद्दा प्रहरी दर्ता भएको पाइएको छ।-Dinesh khabar

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.