कला र संस्कृतिको संरक्षणमा ‘शिवनाथ गाउँपालिका’
ललित बाेहरा(सर्माली) बैतडीः बैतडी आफ्नो बाली र भाषाले चर्चा जती कमाएको छ त्यसै देउडामा पनि छ । देउडाका मुख्य कलाबार नै बैतडीका छन भन्दा धेरै फरक पदैैन । बैतडीमा पनि तलो स्वराड क्षेत्रका स्थानीय तहमा अधिकास कला र गालको सम्मान गर्नु पर्ने कलाकारहरु छन् । महेश औजी पञ्चेश्वर गाउँपालिकाका हुने भने गोपाल दयाल लगातका अधिकास कलाबार शिवनाथ गाउँपालिका छन् ।
त्यसैले पनि कला संस्कृतिको संरक्षणका लागि बैतडीको शिवनाथ गाउँपालिकामा बृहत सांस्कृतिक महोत्सव सम्पन्न गरेको छ । मिलन फिल्मस् प्रोडक्सन प्राली काठमाण्डौँको आयोजना र शिवनाथ गाउँपालिकाको सौजन्यमा शिवनाथ शुभकामना बृहत सांस्कृतिक महोत्सव सम्पन्न गरेको कार्यक्रम संयोजक धिरज चन्दले बताए ।
“हमरी संस्कृति हमरी पछ्याण, कला संस्कृतिको सरक्षण हमरो अभियान” भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको गरिएको थियो । यहि कार्तिक १० गते शिवनाथको शर्मालीमा सम्पन्न महोत्सवमा शिवनाथ गाउँपालिका घर भइएको कलाकार र बैतडी हुँदै सुदूपश्चिमको डेउडा सांस्कृतिमा योगदान गरेको कलाकारहरुको सहभागीता गराएको अध्यक्ष कर्णबहादुर साउँदले बताए ।
महोत्सवमा स्थानीय र नव प्रतिभालाई बिशेष प्राथमिकता दिइएको देउडा गायक तथा आयोजक मिलन फिल्मस् प्रोडक्सन प्राली काठमाण्डौँका संचालक गोपाल दयालले बताए ।
कार्यक्रममा बोल्दै अध्यक्ष साउँदले शिवनाथले कला र गलाको सम्मान गर्ने छिटो समयमा कार्यक्रम आयोजना गरेको बताए । अगामी दिनमा थप बृहत कार्यक्रम गर्ने उनको भनाई थियो । उनले खेल मैदान निमार्ण गर्नका लागि आवश्यक बजेट विनियोजन भएकाले यस बर्ष खेलमैदानको स्तररोउन्ती गरिने बताए ।
कार्तिक २ गतेदेखी सञ्चालन भएको शिवनाथ प्रिमियर लिगं (एसपिएल) को समेत गरिएको छ । शिवनाथ प्रिमियर लिगको उपाधी आयोजकले जितेको छ ।
फाेटाे – कबिराज