बझाङ:सुक्खा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरूद्ध

बझाङ: बझाङमा सुक्खा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरूद्ध भएको छ।

छविसपाथिभेरा गाउँपालिका–१ जालेबगर नजिकै बालुवाटारमा खसेको पहिरोले सडक अवरूद्ध भएको हो। दुई साताअघि पनि सोही ठाउँमा सुक्खा पहिरो खस्दा पाँच दिनसम्म सडक अवरुद्ध बनेको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताइन्।

उनले भनिन्, पटकपटक खस्ने सुक्खा पहिरोले जिल्लाको यातायात सेवा प्रभावित हुँदै आएको छ।पहिरो पन्छाउने काम भइरहेको उनको भनाई छ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.