डडेल्धुरा : डडेल्धुरामा लागू औषध खैरो हेरोईनसहित एकजना पक्राउ परेका छन् । जिल्ला अमरगढी नगरपालिका ९ ढाटगाँउ बस्ने ३२ बर्षिय राजेश पाल लागू औषध सेवन तथा बिक्री बितरण गरि रहेको छ भन्ने गोप्य सूचनाको आधार पक्राउ गरेको हो ।
जिल्ला प्रही कार्यालय डडेल्धुराबाट प्रहरी निरिक्षक डम्बर बिष्टको कमाण्डमा खटि गएको ४ जनाको प्रहरी टोलीले पाललाई घर आगनमा फेला हो ।
उनको शरिरको खानतलासी गर्दा माथिल्लो शरिरमा लगाएको ज्याकेटको खल्तिमा कालो प्लाष्टिकले बेरी लुकाई छिपाई राखेको अवस्थामा प्लाष्टिकसहित तौल गर्दा १.१५० ग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ फेला पारी रितपुर्वक बरामद गरेको डडेल्धुरा प्रहरीले जनाएको छ ।