पाटन प्रिमियर लिग: सुपर सिक्समा पाटन भ्याली क्रिकेट क्लब विजयी

बैतडी : बैतडीको पाटनमा जारी चौथो संस्करण्को पाटन प्रिमियर लिगको सुपर सिक्समा पाटन भ्याली क्रिकेट क्लब विजयी भएको छ । सुपर सिक्सको आजको दोस्रो खेलमा निङ्ग्लाशैनीलाई २ विकेटले पराजित गरेको हो ।

निङ्ग्लाशैनीले दिएको १ सय ६० रनको लक्ष्य १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो ।

पाटनका सन्दीप खत्रीले ३५ रनको विजयी इनिङ खेले । उनले १८ बलको सामना गरेर २४ रन हिर्काउदै जीत सहज भयाे ।  १८ बलमा ३९ रनको आवश्यकता रहेको अवस्थादेखि अन्तिम ओभरमा ११ रनको आवश्यकताको अवस्थाबाट टिमलाई जीत दिलाएका हुन । अन्तिम २ बलमा ४ रनको आवश्यकता हुदा उनले ६ रन हिर्काउदौ जीत दिलाएका हुन ।

पाटन भ्यालीका दिपक टमटाले ४३ रन हिर्काएका थिए भने दिपेन्द्र भण्डारीले २६ रनको इनिङ खेले ।
निङ्ग्लाशैनीका बिरेन्द्र चन्दले ३ विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको निङ्लाशैनीले १९ ओभरमा अलआउट हुँदै १५९ रनमा समेटिएको थियो ।

निङ्ग्लाशैनीका दिपक बोहराले ५६ रनको अर्धसतकीय पारी खेलेका थिए । रिसेकेश बोहरले ३० र गजेन्द्र बोहराले २७ रनको योगदान दिएका थिए ।
पाटन भ्यालीका बिकास बिष्टले ४ तथा दिपेन्द्र भण्डारीले ३ विकेट लिएका थिए ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.