बैतडीको पाटनमा योगप्रति आकर्षण बढ्दो, भवन अभाव

ललित बोहरा
बैतडी : बैतडीको पाटनमा सर्वसाधारणको योगप्रति आकर्षण बढेको छ । स्वस्थ रहन र तनाव व्यवस्थापनका लागि योग अभ्यासमा आकर्षण बढेको हो ।
जिल्लाको पाटन नगरपालिकाका ८ र ९ ग्रामीण क्षेत्रमा मानिस भेला भएर सामूहिक रूपमा योग अभ्यास गरिएको पतन्जली योग साधना केन्द्र पाटनका अध्यक्ष तथा पाटन नगरपालिका नगर उपप्रमुख कमल सिह बोहराले जनाएको छ ।

व्यस्त जीवनमा साधारण व्यायाम गरेर आफूलाई स्वस्थ राख्न, तनावबाट मुक्त हुन र शारीरिक स्फूर्तिका लागि नियमित योग गर्ने बानीको विकास गर्ने सात दिने तालिम दिइएको उपप्रमुख बोहराले बताए । बजार व्यवसाय गर्ने व्यपारी, शिक्षक, पत्रकार, राजनिती दलका प्रमुख तथा प्रतिनिधीहरु नियमित योगमा उपवस्थीत भइरहेको खोड्पे बजार व्यवस्थापन समिति अध्यक्ष राम बिष्टले बताए ।

‘दिनभर व्यवसायको कामले व्यस्त भए पनि बिहानको डेढ घण्टा म नियमित योग गर्छु’, उनले भने, ‘योग गर्न थालेपछि रक्तचाप व्यवस्थापन भएको छ । मलाई स्वस्थ, फुर्तिलो बनाउन र सकारात्मक सोचको विकास गर्न योग उपयोगी बनेको महसुस गरेको छु ।’

बजार क्षेत्रका नागरिक, व्यापारी, पेसाकर्मी बिहानको समयमा एकै ठाउँमा भेला भएर सामूहिक योगाभ्यास गर्छन् । पाटन नगरपालिका–८ का शिक्षक कमला भण्डारीले अपच हुने, रुघा लागिरहने र रक्तचाप बढ्ने समस्या नियमित योग गर्न थालेपछि व्यवस्थापन भएको अनुभव सुनाइन् ।

‘योग अभ्याससँगै स्वास्थ्यलाई हानी नगर्ने खानपान अपनाउन थालेपछि स्वास्थ्यमा सुधार आएको छ’, उनले भनिन् ‘रक्तचाप व्यवस्थापन र रुघा लागिरहने समस्या निको भयो ।’

पाटन नगरपालिका-६ मा १ बर्षदेखी योगाध्यास संचालनमा छ भने ८ र ९ वडाका बिद्यालयहरुमा समेत गरी ४ स्थानमा योगाभ्यास सञ्चालन भएको छ । वडा नम्बर ८ को शिद्धदिप आधारभुत विद्यालयमा र वडा नम्बर ९ को सिद्धेश्वर मावि हुकेडाडाँमा ७ दिने योग शिविर संचालन गरिएपछि थप आर्कषण बढेको स्थानीय गोपाल महराको भनाई छ ।


छोटो अवधिका लागि आयोजना गरिने सामूहिक योगाभ्यासमा सहभागी भएपछि धेरैजसोले घरमै निरन्तरता दिएका छन् ।
योगाभ्यासमा सहभागीलाई उत्प्रेरणा साथै योग र ध्यानको महत्त्व बुझाएर आधारभूत ज्ञान र सीप प्रदान गरिएको साप्ताहिक योग साधना प्रशिक्षण कार्यक्रमका मुख्य योग प्रशिक्षक दुर्गादत्त जोशीले बताए ।

‘गलत खानपान र जीवनशैलीका कारणले शरीर भद्दा, अस्तव्यस्त र अस्वस्थ भएको छ’, उनले भने, ‘आसन, प्राणायम र उचित खानपानको माध्यमबाट स्वस्थ रहन योगले सहयोग गर्छ ।’
योगले मानिसको शारीरिक बनावटलगायत मानसिक रूपमा पनि सकारात्मक प्रभाव पार्ने योग प्रशिक्षक जोशीले बताए । जीवनमा स्वस्थ र निरोगी रहन योग विधाको आविष्कार भएको बताइन्छ । व्यस्त जीवनमा हुने तनावबाट मुक्त रहन पछिल्लो समय युवादेखि वृद्धसम्मले यसलाई अपनाएको पाइन्छ । चिकित्सकका अनुसार दैनिक योगले मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।

योगप्रति आकर्षण बढे पनि बजार क्षेत्रमा अभ्यास गर्ने ठाउँको अभाव छ । बिद्यालय लगायत विभिन्न सङ्घ संस्था, सरकारी कार्यालयका सभाहल परिवर्तन गरेर योग सिकाउने गरिएको छ । नियमित रूपमा एकै ठाउँमा योगाभ्यास सञ्चालन गर्ने ठाउँको अभाव भएको हो ।

पाटन नगरपालिका मुख्यबजारमा अहिले ६० देखी ७० जनासंगै योग गर्ने सक्ने सरकारी हल छ । । सो हल आईसोलेसन भवन भनेर निमार्ण गरिएको हो । उता खोड्पे बजारमा कार्तिक १३ गते शोमबारदेखी ट्मा सेन्टरको हलमा योगाभ्यास गरिने वडा अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक हरिष बिष्टले बताए । उनले योगाभ्यासमा सोच भन्दा राम्रो आर्कषणदेखिएकाले हल व्यवस्थापन गरिएको बताए ।

योग साधना भवन निर्माणका गर्न जग्गा व्यवस्थापन भए लागि पाटन नगरपालिकाले पहल गर्ने नगर प्रमुख गौरी सिह रावलले बताए । बाबा रामदेवबाट नगर प्रमुख रावल र उपप्रमुख बोहराले प्रशिक्षक लिएका तालिम प्राप्त प्रशिक्षक हुन् । उपप्रमुख बाेहराकाे नेतृत्वमा वडागतरूपमा याेगाभ्यास भइरहेकाे हाे ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.