पाटन प्रिमियर लिग : पाटन भ्याली र कोइनोडा गुरुखोला उपाधिका लागि भिड्ने

बैतडी : बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिगमा पाटन भ्याली क्रिकेट क्लब  र कोइनोडा गुरुखोला उपाधिका लागि भिड्ने भएका छन्र ।

पञ्चेश्वरलाइ पराजीत गदै पाटन भ्याली क्रिकेट क्लब फाइनलमा प्रवेश गरेसंगै उपाधिका लागि भिड्ने पक्का भएकाे हाे ।
सेमिफाइनल खेलमा पञ्चेश्वर गाउँपालिकालाई ९१ रनले पराजीत गर्दै पाटन भ्याली फाइनल प्रवेश गरेको छ ।

पाटन भ्यालीले दिएको १७२ रन लक्ष्य पछ्याएको पञ्चेश्वरले सबै विकेट गुमाएर ८० रन मात्रै जोड्यो । उसका लागि बसन्त कार्कील २० देबदत्त कलौनीले १४ र हिक्मत महराले १२ रन बनाए ।
१२.५ मा  सबै विकेट गुमाए । पाटन भ्यालीका दिपेन्द्र भण्डारीले २ दशमलव ५ ओभरमा २७ रन खर्चिएर ५ विकेट लिए ।

यसअघि कृष्ण माविको खेलमैदानमा टस जितेर पहिला ब्याटिङ्क गर्दै पाटन भ्यालीले निर्धारीत २० ओभरमा ८ विकेट गुमाउदै १७१ रन जोड्यो ।
उसका लागि सन्दीप खत्रीले ४८, राहुल भण्डारीले ३८ रन जोडे ।

पञ्चेश्वरका बिरेन्द्र नाथले ४ ओभर ३० रन खर्चेर ४ विकेट लिए । पाटनका दिपेन्द्र भण्डारी प्लेयर अफ द म्याच भएको स्कोरर तिलक बोहरा जानकारी दिए ।

उपाधीका लागि बुधबार बिहान ९ बजेगुरुखोला लायन्स र पाटन भ्याली बिच प्रतिस्पर्धा हुनेछ ।

टन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि शुरू भएको प्रतियोगितामा १७ टोलीको सहभागीता रहेको छ । सहभागी टोलीलाई छ समूहमा विभाजन गरेर खेल भइरहेका छन् ।

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताउनुभयो।
द्वितिय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ ।

यसैगरी म्यान अफ द सिरज वाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।

यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग,दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय ९बिडिपिआइ० र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.