बैतडी: ग्याँस सिलिण्डर लिक भएर लागेको आगोले जलेर एकजना गम्भीर घाइते

ds new

बैतडी: बैतडीमा खाना पकाउने ग्याँस सिलिण्डर लिक भएर लागेको आगोले जलेर एकजना गम्भीर घाइते भएका छन् ।

जिल्लाको सिगास गाउँपालिका–९ चौखामका ४० बर्षीय सुरेन्द्र धामी आगोले जलेर घाइते भएका सिगास गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष कृष्ण धामीले बताए ।

स्थानीय शंकरपुर आधारभूत विद्यालयका प्रधानाध्यापक सालिभान धामीको घरमा आइतबार बिहान ग्याँस सिलिण्डर मर्मतका लागि पुगेका धामी आगोले जलेर घाइते भएका हुन् ।

us dintal patan

सिलिण्डर ग्याँस लिक भएको अवस्थामा ग्याँस जलाउने क्रममा आगो लागेको हो । कोठाभरी लिक भएको ग्याँस भरिएको बिषयमा थाहा नहुँदा आगलागी भएको हो । ग्याँस जलाउने बित्तिकै कोठाभरी आगो सल्किँदा धामी घाइते भएका हुन् । सुरेन्द्रको अनुहारसहित शरीरका विभिन्न भागमा जलेको वडा अध्यक्ष धामीले बताए ।

आगोले जलेर घाइते भएकाले सुरेन्द्रलाई उपचारका लागि आइतबार नै डडेल्धुरा अस्पताल पठाएको भएपनि डडेल्धुरा अस्पतालले आज काठमाण्डौं बर्न हस्पिटलमा रेफर गरेको वडा अध्यक्ष धामीले बताए ।

यस्तै ग्याँसमा आगो सल्किँदा प्रधानाध्यापक धामीको घरमा क्षति हुनुका साथै उनकी श्रीमति ३८ बर्षीया धनमती धामी पनि सामान्य घाइते भएकी छन् । उनी बझाङको बित्थडचीरस्थित देउलेक प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराएर घर फर्कीसकेकी छन् ।

Leave A Reply

Your email address will not be published.