बोकाले हानेर भीरमा लडेकी पार्वतीको मृत्यु

बैतडी : बैतडीमा खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर–३ तडीगाँउकी ४५ वर्षीया पार्वती भट्टको सोमबार दिउँसो एक बजेतिर स्थानीय दोसिर भीरबाट लडेर मृत्यु भएको हो ।

खरफागलामा खर काटिरहेकी पार्वतीलाई वनमा चराउन लगेको बोकाले हान्दा उनी करीब ५ सय मिटर तल खसेकी थिइन् । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
मृतक भट्टको घरमा चार छोरा र चार छोरी रहेका छन् । भीरबाट लडेर पार्वतीको निधन भएपछि सिंगो तडीगाउँ शोकमा डुबेको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.