नवदुर्गा र अमरगढी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डडेल्धुरा :

डडेल्धुरा जिल्लाका दुई पालिका शोमबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएका छन् । जिल्लाको नवदुर्गा गाउँपालिका र अमरगढी नगरपालिकालाई एक कार्यक्रमबिच जिल्ला समन्वय समिति प्रमुख गगनसिह भण्डारीले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन् ।

नवदुर्गा गाउँपालिकामा आयोजित कार्यक्रममा जिल्ला पूर्ण खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारी र जिल्ला पूर्ण खोप समन्वय समितिका सदस्य सचिवसमेत रहेका स्वास्थ्य कार्यालयका प्रमुख केशरबहादुर साउँदले पालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

यस्तै अमरगढीमा आयोजित कार्यक्रममा पनि भण्डारी र साँउदले मेयर डिल्लीराज जोशीलाई प्रमाणपत्र प्रदान गरेका थिए । सोही अवसरमा वडालाई पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

योसंगै गन्यापधुरा गाउँपालिकाबाट सुरुवात गरिएको घोषणा कार्यक्रम अहिलेसम्म ६ वटा पालिकामा सम्पन्न भइसकेको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशर साउँदले जानकारी दिए । अब अजयमेरु गाउँपालिका मात्रै घोषणा गर्न बाँकी रहेको साउँदले बताए । पाँच वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाएर पालिकाले प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नु पर्दछ ।

सबै पालिका घोषणा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिन्छ । बालबालिकालाई प्रत्येक महिना नै १३ प्रकारका रोगविरुद्ध खोप लगाउने गरिन्छ । नियमित खोपबाट छुटेका बालबालिकालाई माघदेखि बैशाखसम्म खोज र खोप अभियान चलाउने गरिएको छ । छुटेका बालबालिकालाई अभियानले समेटेपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको छ ।

us dintal patan
Leave A Reply

Your email address will not be published.