बैतडीकै प्रसिद्ध महारुद्र धाममा यही कार्तिक २४ गते जात्रा हुने

बैतडी : बैतडीको पाटन नगरपालिका क्षेत्रकै प्रसिद्ध महारुद्र धाममा यही कार्तिक २४ गते जात्रा हुने भएको छ । पाटन नगरपालिका–२ स्थित प्रसिद्ध महारुद्र धाममा २४ रतेडी र २५ गते  दिउँसेडी जात्रा लाग्ने मन्दीर निमार्ण समितिका आर्थिक संयोजक करन सिह कठायतले बताए ।

महारुद्र धाममा हरेक बर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन ठूलो जात्रा लाग्ने गरेको छ । सो जात्रामा हजारौं दर्शनार्थीहरुको सहभागिता रहने गरेको मन्दिरका पूजारी शिवदत्त अवस्थीले बताए ।

महारुद्र धाममा लाग्ने जात्रामा स्थानीय दर्शनार्थीहरुको सहभागितालाई मध्यनजर गरेर पाटन नगर क्षेत्रका सबै सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था, वडा कार्यालय लगायतमा सार्वजनिक बिदा दिने गरेको छ । गत बर्ष नगर प्रमुखस्तरीय निर्णय अनुसार नगरपालिका क्षेत्रका सबै सरकारी तथा गैरसरकारी निकायमा सार्वजनिक बिदा दिइएको थियो ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.