कञ्चनपुरमा माओवादी केन्द्रको घर फर्क अभियान, नेता तथा कार्यकता पार्टी प्रवेस

कञ्चनपुर : नेकपा माओवादी केन्द्रले कञ्चनपुरमा घरफर्क अभियान थालेको छ । सो कार्यक्रममा नेकपा एमाले कञ्चनपुरका एक जिल्ला सदस्यसहित तीन नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका छन । मंगलबार एमाले जिल्ला सदस्य राजेन्द्र आग्री, निर्वतमान जिल्ला सदस्य कमल नेपाली र महिला नेतृ सुजनता नेपाली माओवादी केन्द्र प्रवेस गरेकाे प्रदेश उपाध्यक्ष मानसिह मालले बताए ।

एमाले तीनै जना नेता कार्यकर्ताहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य, प्रदेश उपाध्यक्षसहितका नेताले उनीहरुलाई पाटीमा स्वागत गरेका छन्र ।

एमाले नेतात्रय राजेन्द्र कमल, सुजाताले संयुक्त रुपमा हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा दलित, विपन्न समुदायको उन्मुक्ति माओवादी आन्दोलनबाट मात्रै सम्भव भएकाले आजैका मितिदेखि एमाले परित्याग गरेर माओवादी केन्द्र प्रवेस गरेको घोषणा गरेका छन ।

एमाले जिल्ला सदस्य राजेन्द्र आग्री आगामी १६ मंसिरमा भीमदत्त नगरपालिका ६ नम्बर वडामा वडाध्यक्षका लागि हुने उप निर्वाचनका लागि एमाले वडाबाट सिफारिस भएका आँकाक्षी उम्मेदवार हुन ।

दलित समुदायबाट एमालेले वडाध्यक्षका लागि सिफारिस गरेको भन्दै एमाले सहितका अन्य दलका दलित नेता कार्यकर्ता, एव दलित समुदाय हर्षित भएपछि अन्तत टिकट नदिएपछि उनी सहितका दलित एमालेकै नेता कार्यकर्ताहरु रुष्ट रहेका थिए ।

जातिय उत्पिडनमा परेका दलित समुदायको उत्थानका लागि माओवादी केन्द्रबाट मात्रै सम्वभ हुने अन्य दलले दलित प्रयोग गर्ने भन्दै वडाबाट सिफारिस भएपछि जिल्लाबाट काटिएपछि दलित समुदाय चिन्तित भएका थिए । यस अघि पनि माओवादीबाटै एमालेमा प्रवेस गरेका पुर्व नेताहरुलाई उचित जिम्मेबारी दिईने नेकपा माओवादी केन्द्र कञ्चनपुरले जनाएको छ ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.