मुख्य पुजारी दलित रहेको बनारसीमा सहस्त्रचण्डी कोटीहोम १०८ भागवत पुराणको तयारी

ds new

बैतडी : बैतडीको बनारसी धाममा सहस्त्रचण्डी कोटीहोम १ सय ८ श्रीमद् भागवत महापुराण तथा अतिरुद्राभिषेकको तयारी सुरु भएको छ ।
बनारसी धामविश्वनाथ ज्योत्रिलिङ्ग मन्दीर पाटन नगरपालिका–३ मा पर्ने बनारसी धाम विश्वनाथ परिसर सरयु गोमतीको संगम क्षेत्रमा सहस्त्रचण्डी कोटीहोम १०८ भागवत महापुराण, १ हजार १ सय ११ कन्या पूजन, सवाकोटी दिप प्रज्वलन, ५ सय ५५ ब्राह्मण भोजन, १ हजार १ सय ११ सालीग्रामसिला पुजन, २ हजार २ सय २२ कलस पुजन, १ सय ८ अखण्ड रामायण पाठपारायण, गायत्री महामृत्युंजय, पुरश्चरण, चारवेद पाठपारायणको आयोजना गर्ने बिषयमा समितिमा छलफल भएको हो ।

साथै अतिरुद्राभिषेक यज्ञ १४ हजार ६ सय ४१ आवृती, शतपतबाह्मण पाठपारायण, शिवपञ्चाछरी मन्त्र सवालाखजप, वैद्यिक नवग्रहमन्त्र सवालाखजप, बास्तुमन्त्र सवालाखजप, पञ्चायन देवता सम्बद्ध बैदिकमन्त्रको सवा लाखजप, पाञ्चायन देवतासम्वद्ध अथर्वशिर्ष १ सय ८ पाठ, श्रीमद्भगवत्गीता १ हजार ८ पाठ, श्रीशिवसूक्तपाठ १ सय १ सय ११, श्रीसूक्तपाठ, १ सय ११, श्रीपुरुषषूक्तपाठ, १ सय ११, श्रीकनकधारास्तोत्रपाठ १ सय ११, श्रीबटुकभैरवस्तोत्रपाठ १ सय ११, श्रीविष्णुसहस्रनामपाठ १ सय ११, नवग्रहसम्वद्धसूक्त, स्तोत्र आदिको पाठ, अभिषेक, जप, पाठ, सबैको दशांशहवन, तर्पण, मार्जन, ब्राह्मण भोजन, गोदान, तुलादान, चौरासी शिद्ध पुजन, सामूहिक ब्रतबन्ध, पञ्चायनमहापुराण, शिवलाई प्रधानमानी शिवमहापुराण, गणेश महापुराण, विष्णु महापुराण, श्रीमद्देवी भागवतमहापुराण, सुर्य पुराण, साम्ब पुराण, कालिका पुराण,स्कन्द महापुराण, पदम पुराण, मानसखण्ड, हिमवतखण्ड, नेपालमहातम्य, महाकाल संहिता पाठपरायण आदि विविध कार्यक्रमको वैदिक पद्धति अनुसार उचितशुभ साइतमा सम्पन्न गरिने ज्योतिषाचार्य पण्डित गणेश पन्तले बताए ।

बनारसी धामविश्वनाथ सेवा समाजका अध्यक्ष उत्तर बहादुर चन्दको अध्यक्षतामा कर्तिक २० गते मंगलबार बसेको बैठकले स्रोत साधनले उपयुक्तहुने धार्मीक अनुष्ठान, यज्ञ सञ्चालन गर्ने निर्णय गरेको छ । ऐतिहासिक अतीरुद्राभिषेक धनधान्याञ्चल विश्व विराटज्ञान संगितमय कोटीहोममा नेपाल राष्ट्रका प्रथम जगद गुरू अनन्त श्री विभुषित श्री बाल सन्तमोहन शरण देवाचार्य महाराज श्री जी, वाचन प्रविण पण्डित दिनबन्धु पोखरेल, ऐतिहासिक पशुपति कोटीहोमका धार्मिक प्रर्वक्ता व्यासाचार्य राजानन्द मान्डव्य गुरु, वाचन सम्राट पण्डित भिमकान्त भागवत, बरिष्ठ आध्यात्मीक समदर्शी आचार्य चन्द्रकान्त पौडेल, कथाबाचक स्वामी अर्जुनकृष्ण दाशजी महराज, ज्योतिषाचार्य भागवत कथा व्यास मोहनचन्द्र जोशीभम्केनीधाम, मानखण्ड मूर्धन्य विद्वान आर्चाय पण्डित घनश्याम लेखक पञ्चाङकार हिन्दु जागरण नेपाल अभियान कास्की पोखरा अध्यक्ष नरहरि गौतम, संस्कृतविद आर्चाय कृष्ण, भागवत वाचक किरण लामगादे, ज्योतिषी पण्डित अर्जुन कालिकोटे, वास्तुवित लक्ष्मण रसाईली, संस्कृतविद लेखराज गुर, धुर्व राजलुईटेल, चितवनबाट धार्मिक अभियन्ता करण विश्यकर्मा, शुभास ढकाल, नेपालगन्जबाँकेबाट कौशल धामी बाबालगायतका देशभरका गुरुहरु, दक्षिण भारतबाट पाँचजना ब्राह्मण, १ सय ८ जना भागवताचार्य गुरु, २५ जना विद्वान प्रवचनकर्ता गुरु र ११ जना काशिबनारसबाट शिर्ष विद्वान गुरु विन्द्रावनबाट सात जना गुरु लगायत अन्य देश विदेशका हिन्दु धर्मावलम्वीगुरुहरुलाई समेत निमन्त्रणा गर्ने बिषयमा उच्च स्तरिय विशेष छलफल भइरहेको उनले बताए ।

बनारसी धाम क्षेत्रको धार्मीक, सांस्कृतिक, भौतिक एंव आर्थिक समग्र पक्षको विकाशका लागि धार्मीक अनुष्ठान महा यज्ञ सञ्चालन गर्ने तयारी थालिएको सेवा समाजका अध्यक्ष चन्दले बताए।

us dintal patan

मुख्यपुजारी दलित हुने बनारसी धाममा प्राचिनकालको पौराणीक ऐतिहासिक एक मात्र विभेदरहित रहेको बिषय देशभर सन्देश दिने समेत कार्यक्रमको उदेश्य रहने बनारसी धाम विश्वनाथ सेवा समाजका सदस्य धनीदत्त भट्टले बताए ।
सुदूरपश्चिम प्रदेशकै शक्तिपिठको रुपमा रुपमा परिचित बनारसी धाममा कस्तो खालको धार्मीक अनुष्ठान गर्ने बिषयमा १५ दिनभित्र सुझावसल्लाहदिन सम्र्पूण भक्तजन, हिन्दु धर्मावलम्बीहरुमा अनुरोध गरिएको समाजका सदस्य गोपालसिह भाटले बताए। धामलाई तिर्थ स्थलको रुपमाविकास गर्ने यहाँका सम्पुर्ण जनप्रतिनिधी, राजनितीकदल  तथा स्थानीय समुदाय, धर्मपे्रमि, समाजसेवी, बुद्धिजिवीहरुलाई सहयोगका लागि उपाध्यक्ष मनिराम कोलीले अपील गरेका छन् ।
हरेक वर्षको माघ शुक्लपक्षको शैल्य दशमीकादिनबनारसी धाममा विशाल मेलाका साथै पुजालाग्ने गर्दछ । साउने मेला, मकर मेला, गंगादशहरा मेला, कोटिहोम मेला, अक्षय तृतिया मेला, विभिन्नपर्वहरुमापर्व पुजा,जात्रा, उत्सव नित्यपुजा आदि भईरहने धामका धार्मिक प्रवक्ता ज्योतिषी पण्डिीत गणेश प्रशाद पन्तले बताए ।

पौराणिक मान्यताअनुसार द्वापर युगमा खरपरासुर (खपरे) बाणाशुर, भष्माशुर लगायतका महाभयानक दैत्त दानव र देवताबिच झडप भएर झडपकै बेला बनारसीले त्यसै धाम नजिकको तलाउमा लगेर आप्नो १०० मनको गदा (गुर्ज) प्रहार गरि बध गरेको र त्यसै दिनदेखी देवताहरुले सर्वसम्मतबाट स्वावासीदिँदै २२ तालको रुपमा नामारण गरेको किम्बदन्ती छ । २२ वटा रुप धारण गर्ने सम्सान वास भएको मसानी देवताको रुपमा पनि रहेको ऐतिहासका जानकारहरु बताउछन् । सम्सान घाटको नदिको किनारमा मुल स्थानरहेको छ । शास्त्र पुराणमा भने ज्योत्रिलिङ्गरुपमा रहेको सदाशिवको मुल स्थान भनेर वर्ण गरेको छ ।

अनादीकालको पौराणिक, ऐतिहाशिक शास्त्रसम्मत तिर्थस्थलको संरक्षण संम्वद्र्धन गर्नु हामी सबैको कतव्र्य हो । यज्ञ गर्दा संस्कृति माथि कुनै पनि किसिम विवाद आचन नआउने, परम्परा, देशाचार, कुलाचारलाई मध्यनजर गरि सञ्चालन गरिने वडा अध्यक्ष एवं समाजका सचिव करुणाकर भट्टले बताए ।

 

Leave A Reply

Your email address will not be published.