बैतडी : बैतडीको पाटन नगरपालिका–३ सुर्नया नदीको किनारमा अवस्थित वनारसी धाममा स्टीलको घेरबार निर्माण गरिएको छ ।
मन्दिरको मुलथानमा पाटन नगरपालिका–४ ढकाली गोल्देउ निवासी पदमसिंह बिष्ट र गोपालसिंह बिष्ट दाजुभाइले स्टील रेलिङसहितको घरेबार निर्माण गरेका हुन् ।
४८ हजार लागतमा मन्दिरमा रेलिङ निर्माण गरिएको देउडा गायक समेत रहेका गोपालसिंह बिष्टले बताए । मन्दिरको संरक्षण र सम्वद्र्धनमा सहयोग पुगोस भन्ने हेतुले रेलिङ निर्माण गरिएको उनले बताए । मन्दीरमा घेरबार नहुँदा बाख्रा लगायतका जनावरहरु देवताको गातसम्म नै पुग्ने गरेका थिए ।
बैतडीका प्रमुख धार्मिक स्थलमध्ये वनारसी धामलाई पनि लिइन्छ । परापूर्वकालमा देवता र दानवको युद्धमा वनारसी देवताले खपरे दैत्य मारेको किम्वदन्ती रही आएको छ ।
सुर्नया नदीको किनारमा रहेको वनारसी धाम नै विश्वनाथ ज्योतिर्लिङ्ग रहेको नेपालका प्रथम ऐतिहासिक जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले बताउँदै आएका छन् । अहिले उक्त ठाउँमा विश्वनाथ ज्योतिर्लिङ्ग समेत स्थापना गरिसकिएको छ ।