पाटन-६ को कार्यालय भवन निमार्णकाे तयारी: भेटेरिनरीले भन्यो-‘हामीले जग्गा दिन मिल्दैन्’

ds new

बैतडी : बैतडीको पाटन नगरपालिकाले वडा नम्बर ६ को वडा कार्यालयको भवन निमार्ण गर्ने भएको छ । जिल्लाको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको जग्गामा कार्यालय भवन बनाउन विवाद देखिएको छ ।

लामो समयदेखी वडा कार्यालय सञ्चालन भइरहेको जग्गामा भवन बनाउन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनलाई अनुमती माग गरेको छ ।

वडा कार्यालयले तत्कालीन जिल्ला पशु सेवा कार्यालयको नाममा रहेको कित्ता नम्बर १० कार्यालयको भवन निमार्णका लागि अनुमती दिन आग्रह गर्दै पत्र पठाएको छ । ‘चालु आर्थिक वर्ष २०८१८२ को बजेटबाट सुदूरपश्चिम प्रदेश र पाटन नगरपालिकाको सम्पर्क कोष लगानीमा बैतडी जिल्ला पाटन नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय भवन तत्कालीन जिल्ला पशु सेवा कार्यालय पाटन बैतडीको नाममा रहेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीको कित्ता नम्बर १० मा निर्माण गर्नुपर्ने भएकोले भविष्यमा वडा कार्यालयको नाममा जग्गाधनी प्रमाणपत्र उपलब्ध गर्न पहल गर्दिन हुनका साथै उक्त जग्गा वडा कार्यालय भवन निर्माण भइरहेको जानकारी समेत गरिन्छ ।’ वडा अध्यक्ष राजेन्द्र बिष्टले लेखेकाे पत्रमा भनिएकाे छ,

us dintal patan

यता भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीले अचल सम्पती संरक्षण गर्ने अधिकार आफुलाई भएपनि जग्गामा भवन बनाउन अनुमती दिने, जग्गा नामसरी गर्ने अधिकार नरहेको कार्यालय प्रमुख श्याम खड्काले पठाएको पत्रमा भनीएको छ ।

‘जिल्ला पशुसेवा कार्यालय पाटन बैतडीको नाममा जग्गाधनी प्रमाणपुर्जा कायम रहेको पाटन नगरपालिका वडा नम्बर ६ को कित्ता नम्बर १० को जग्गा मा वडा कार्यालय भवन निर्माण भइरहेको जानकारी तथा भविष्य उपलब्ध गराउन पहल गरिने सम्बन्धमा लेखिएको पत्र प्राप्त भई व्यहोरा अवगत भयो।

तस सम्बन्धमा साविक जिल्ला पशु कार्यालयको नाममा जग्गाधनी लालपुर्जा भई यस कार्यालयको स्वामित्व तथा भोक हकमा रहेका जग्गा जमिन भवन लगायतका अचल सम्पत्ति संरक्षण एवं सम्बर्धन गर्ने अधिकार यस कार्यलाई भएतापनि त्यस्ता सम्पत्तिको स्वामित्व हस्तान्तरण वा अन्य निकायहरूले भोग चलन वा प्रयोग गर्ने गरी भौतिक संरचना निर्माण लगायतका कार्य गर्न अनुमति दिने कानुनी अधिकार यस कार्यालयमा निहित नरहेकोले उल्लेखित कित्ता नम्बरको जग्गामा भवन निर्माण लगायतका भौतिक संरचनाको निर्माण कार्य गर्दा अधिकार प्राप्त निकायबाट आवश्यक अनुमतिले प्रक्रिया अगाडि बढाउन अनुरोध गर्दछु ।  वडा कार्यालयलाई पठाएको पत्रमा उल्लेख छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले अनुमती दिने निकाय आफु नभएको भनेपनि माथिल्लाे निकायलाइ लेखी पठाएकाले भवन निमार्ण प्रक्रिया नरोकिने वडा अध्यक्ष बिष्टले बताए । उनले भने, ‘विज्ञ केन्द्रले लेखापढी गरेर माथिल्लो निकायलाइ पठाएको छ । भवन निमार्णको ठेक्काको तयारी भरहेको छ । केही समस्या हुदैन् दुई वटै सरकारी निकाय हुन् ।’

 

Leave A Reply

Your email address will not be published.