सुदूरपश्चिममा आज शोक बिदा

काठमाडौं:

सुदूरपश्चिममा आज (बुधबार) शोक बिदा दिइएको छ। प्रदेश मन्त्रिपरिषद्‌को मंगलबारको बैठकले बुधबार प्रदेशभर शोक बिदा दिने निर्णय गरेको हो।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सिंहको मंगलबार सवारी दुर्घटनामा परी निधन भएकाले प्रदेश सरकारले बुधबारका लागि शोक बिदा दिने निर्णय गरेको हो।

डडेलधुराबाट बझाङ जाँदै गरेको मन्त्री सिंहसहित ५ जना सवार सुदूरपश्चिम प्रदेश ००१ झ ४८० नम्बरको गाडि मंगलबार बझाङको केदारस्यूँ गाउँपालिका–१ जुवालीखेतमा दुर्घटना भएको थियो।

दुर्घटनामा सिंहकी पत्नी अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको प्राथमिक उपचारका क्रममा बझाङको देउरास्थित रितु पोलिक्लिनिकमा निधन भएको थियो। मन्त्री सिंहलाई नेपाली सेनाको हेलिकोप्टरबाट नेपालगञ्ज मेडिकल कलेज पुर्‍याइएकोमा उपचारका क्रममा निधन भएको थियो।

प्रदेश सरकारले मन्त्री सिंहको निधनको शोकमा बुधबार सुदूरपश्चिम प्रदेश भरका सरकारी तथा सार्वजनिक कार्यालय नेपालको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.