चौलोले प्रसिद्ध बडाल जाँत यहि कार्तिक २७ गते

डडेल्धुरा : डडेल्धुरामा चौलोले प्रसिद्ध बडाल जाँत यहि कार्तिक २७ गते हुने भएकाे छ ।  यही कार्तिक २६ गते रतेडी, २७ गते दिउँसेडी मेला हुने गन्यापधुरा गाउँपालिका-२ का अध्यक्ष मनोज देउवाले बताए ।

।  विभिन्न धार्मिक,सास्कृतिक तथा सामाजिक गतिविधिहरु समेत यस वर्ष बडाल जात मनाईन लागेको अध्यक्षा देउवाले बताए । बडाल जाँत हरेक वर्ष कार्तिक शुक्ल दशमीको राती रतेडी र एकादशिका दिन दिउँसेडी गरी मनाईने परम्परा रहेको छ ।

गन्यापधुरा गाउपालिका-२ बडालमा रहेको लाटागन्याप देवताकाको पुजा आजा गरी बडाल जाँत मनाईन्छ।

चौलोले प्रख्यात बडाल जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर चौलो खेलिने गरिन्छ। मेलामा स्थानीय अन्य गाउँबाट पनि देउरो ल्याउने चलन रहेको छ।

बडाल जाँतमा बिगतका बर्षहरु जस्तै स्थानियहरुको उत्पादन अहिले पनि साटासाट हुने गर्दछ । स्थानिय कृषकहरुको बिभिन्न कृषि उत्पादन, दाल, हलो–जुवा लगायतका वस्तुहरुको समेत मेलामा किनमेल हुने गर्दछ । सुदूरपश्चिमकै सबै भन्दा बढी दाईन, दमाहा र भोक्कर बजाउने मेलाका रुपमा समेत यो मेला प्रशिद्ध रहेको छ ।

मेला भर्न डडेल्धुराका विभिन्न क्षेत्र, डोटी, बैतडी र भारतको उत्तराञ्चल प्रदेशबाट समेत भक्तजनहरु पुग्ने गरेका छन । वडा अध्यक्ष देउवाले मदिरा बेचबिखन तथा प्रयोग र जुवातास खेल्ने वा खेलाउने गरेको पाइएमा कडा कारवाही गरिने समेत वताए ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.