पाँचौं डडेल्धुरा महोत्सव सम्पन्न

डडेल्धुरा:

‘सुदूरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन कला संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं पाँचौं डडेल्धुरा महोत्सव’ सम्पन्न भएको छ।

फागुन ४ गतेदेखि ‘कृषि, पर्यटन, उद्योग र व्यापार : समृद्ध डडेल्धुराको आधार’ भन्ने मुल नारासहित अमरगढी नगरपालिका–४ टुँडिखेलमा सुरु भएको महोत्सवमा आइतबार सकिएको हो।

जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीको प्रमुख आतिथ्यतामा महोत्सव समापन गरिएको हो। समापनको दिन चर्चिक गायक अर्जुन कौशल, मनिष खड्काल, मोडेल तथा डान्सर झरना बोहरागालगायतले प्रस्तुति दिएका थिए। महोत्सवमा सांस्कृतिक कार्यक्रमसँगै रमाइलो मेला पनि रहेको थियो।

उद्योग वाणिज्य संघका अध्यक्ष द्विजराज भट्टले महोत्सव सम्पन्न गराउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे। महोत्सव समापन गर्दै भण्डारी मेलाले व्यापार व्यवसायसंगै कला, संस्कृति, पर्यटनका क्षेत्रमा टेवा पुगेको बताए। महोत्सवको उद्घाटन प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले गरेकी थिइन्।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.