सरस्वती मावि बयालाचाैरको नयाँ भवनको ‘बरन्डा’ ४ महिनामै चर्कियो
भवनमै कमसल समाग्रीको प्रयोग भएको आरोप
बैतडी : बैतडीको पाटन नगरपालिका–१ बयालाचाैरमा पर्ने सरस्वती माविको नयाँ भवन निमार्ण भएको चार महिनामै चिरा परेको छ । संघ सरकारको बजेटमार्फत पाटन नगरपालिकाले ठेक्काबाट निमार्ण गरेको नयाँ भवनको बरन्डा चिरा चिरा भएको बिद्यालय स्रोतले बताएको छ ।
माध्यमिक शिक्षा अध्ययनका लागि टाढा–टाढा जानु पर्ने बाध्यता भएपछि नगरपालिकाले बयलचोरा भवन निमार्ण गरेर बिद्यालय सञ्चालन भएको छ ।
तर बरन्डा चिरा चिरा भएकाले भवनको भत्कीने खतरा बढेको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष शेरबहादुर चन्दले बताए ।
भवनको जग बराबरको बरन्डा चिरा चिरा परेकोले भवनमै शंका बढेको उनले बताए । निमार्ण गर्ने बेला नै हामीले निमार्ण कम्पनी र नगरपालिकालाई कमसल निमार्ण समाग्रीको प्रयोग भएको जानकारी गराएको तर कसैले टेरेन अहिले यस्तो भयो के गर्ने अध्यक्ष चन्दले भने, ‘अब नगरपालिकाले निमार्ण कम्पनीलाई डिएलपी पिरियड बाँकि भएकाले पुनः निमार्ण गराउनु पर्छ।’
‘हाम्रो आँखा अगाडी नै मोटो मिसावट त बालुवा हालेको थियो अरु त के–के गर्यो कमसल भवन निमार्ण गरिदिएको छ, अनुगमन गर्ने निकाय पनि ठेकेदारकै भनेमा लागेको छ।’ उनले भने,
निमार्ण कम्पनीलाई चर्केको बरन्डाका बिषयमा मौखिक जानकारी गरेको प्रधानाध्यपक करबिर भट्टराईले बताए । उनले भने, लेखित जानकारी कुनै निकायलाई गरेको छैन् निमार्ण कम्पनीलाई मौखिक जानकारी गरिएको हो ।
नयाँ बिद्यालय सुरुवात गरेकोले निजी स्रोतबाटै वा चन्दा संकलन गरेर बिद्यालय सञ्चालन गर्नु परेकोले बिद्यालयको कोषबाट मर्मत गर्न नसकिने प्रअ भट्टराईले बताए ।
चिरा परेको बरन्डा क्षेत्र स्टमेट बाहेकको काम गरेको निमार्ण कम्पनी आयुष विल्ड्सले जनाएको छ । कमसल समाग्रीको प्रयोग नभएको निमार्ण कम्पनीले दाबी गरेको छ ।
निमार्ण कम्पनीलाई पुनः निमार्णका लागि जानकारी गराइरहेको पाटन नगरपालिका-१ का वडा अध्यक्ष तर्कसिह ठगुन्नाले बताए । उनले भने, ‘डिएलपी पिरियड बाँकि नै छ निमार्ण कम्पनीको पुनः निमार्णका लागि हामीले भनीसकेको छौ । आज भोली बिद्यलाय बन्द छ । भवनमा कस्तो क्षति भा छ खबर आएको छैन् ।’