बैतडीको प्रसिद्ध शिवनाथ जात्रा शुरु, गाउँपालिका भर आज सार्वजनीक बिदा

बैतडी : बैतडीको तल्लो स्वराड क्षेत्र अन्र्तगत पर्ने शिवनाथ गाउँपालिका–०६ शिवनाथ धुरामा रहेको शिवनाथ देवालयको मन्दिरमा र भोली मेला लाग्दै छ। स्थानीय भाषामा (शिवनाथकी जाँत) भनेर चिनिने शिवनाथ मेला हरेक वर्ष कार्तिक सप्तमिको राति अर्थात आज (रतेडि) र अष्टमीका दिन अर्थात भोली (दिउसेडी) मेला लाग्दै छ।

मेलामा सुरक्षाको लागि पञ्चेश्वर, शिवनाथ र मेलौलीबाट प्रहरीका साथै कुस्माउत घाटबाट ससस्त्र प्रहरी परिचालन गरिएको मेला व्यवस्थापन समिति अध्यक्ष बिरेन्द्र सिह कार्किले बताउनुभयो। मन्दिर क्षेत्रभित्र मदिरा बिक्रि वितरण, ओसार पोसार र जुवातास जस्ता अपराधिक गतिबिधि पूर्ण रुपमा बन्द गरिएको मेला व्यवस्थापन समिति अध्यक्ष कार्कीले बताउनुभयो।

मेल हेर्न आएका दर्शनार्थीहरुलाई कुनै किसिमको असहज भएमा प्रहरी अथवा स्वंयमसेवक सगं सम्पर्क राख्न आग्रह गरिएको छ। मेलालाई शान्त, सभ्य र मर्यादीत तवरले सम्पन्न गर्नमा सबैले भुमिका खेल्न मेला व्यवस्थापन समितिले अनुरोध गरेको छ।

आज मेलौली नगरपालीक, शिवनाथ गाउपालीका र पञ्चेश्वर गाउपालीकाबाट देउराहरु आउने गरेका छन। यसैगरि पाटन नगरपालीका, दशरथचन्दँ नगरपालीका लगायतका क्षेत्रबाट समेत देउरा आउने गरेको स्थानीय तपेन्द्र सिह धनाडीले जानकारी दिए।

मेला हेर्न र देवताको दर्शन गर्न टाढा टाढाबाट दर्शनार्थीहरु आउने गर्दछन। शिवनाथ देवालयको दर्शन, पुजा पाठ गरेमा मनको चिताएको पुग्ने र सुख शान्ति प्राप्त हुने धार्मिक बिश्वास रहेको जनाईएको छ।

शिवनाथ देवालयको मन्दिरमा असोज नवरात्रा, चैत नवरात्रा, अषाढ महिनामा अषाढी जाँत र श्रावण महिनामा मेला तथा पुजा गरिन्छ। मेलामा शिवनाथ गाउपालीका–०५ कफाडीबाट पहरी जाति र ठकुरिहरुको सामुहिक देउरोसगं छालाबाट बनेको भकुण्डो (गिर) जाने गरेको शिवनाथ गाउँपालिका–०५ का वडाध्यक्ष केशव बहादुर चन्दले बताउनुभयो।

स्थानिय भाषामा गिर भनेर चिनिने छालाको भकुण्डो उदयदेव देबताको मेलामा खौल बाधेको रागाँको छालाबाट बनाईने गरेको छ। पहिला पहिला गिरलाई दिउसेडी मेलाको बिहान धनाडी जाति र साउन जातिले मुख्य रुपमा खेल्ने गरेको भएपनि हाल भने मेलामा सहभागिहरुले पनि खेल्ने गरेका छन।

मेलामा स्थानिय जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथीसंगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, यहाँको लोकप्रिय खाना माँडा देख्न पाइन्छ। स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्धनका लागि पनि मेला प्रसिद्ध छ।

मेलाको दिन गाउँपालिकाले आज एकदिन सार्वजनीक बिदा दिएको छ। भोली शनिबार परेकाले गाउँपालिकाले आज सार्वजनीक बिदा दिएको हो।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!