सिद्धपुर स्वास्थ्य चौकीको नयाँ भवनको छानो दुई महिनामै गायब

बैतडी : बैतडीको पाटन नगरपालिका-१० मा पर्ने सिद्धपुर स्वास्थ्य चौकीको भवनको छानो दुई महिनामै गायब भएको छ । समान्य हावाहुरीले नयाँ भवनको छानोमा राखिएको जस्ता पाता जंगलमा पुगाएको छ ।
नयाँ निमार्ण भएको भवनमा स्वास्थ्य चौकीले सेवा सुरु गर्ने नपाउदै छाना उठाएपछि गुणस्तरिय जस्ताको पाता तथा जस्ताको पाता अड्काउने फलाम प्रयोग नभएको स्थानीले आरोप लगाएका छन् । पाटन नगरपालिकाले ठेक्कामार्फत निमार्ण गरेको नयाँ भवनको छाना उडाएपछि स्वास्थ्य चौकीले नयाँ भवनबाट सेवा दिन सकेको छैन् । बर्षातको समयमा भित्र पानी आउने भएकाले सेवा सुरु गर्ने नसकिएको स्वास्थ्य चौकी इन्चार्ज दिपिका भट्टले बताइन् ।

पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिह रावल, उपप्रमुख कमल सिह बोहरा, प्रमुख प्रशासकिय अधिकृत अम्मर राज जोशी लगायतका जनप्रतिनिधीहरुले अनुगमन गरेका छन् । वडा अध्यक्ष तथा स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष धनबहादुर कुवँरले नगरपालिकालाई जानकारी गराएको तर मर्मत नभएको बताए ।

निमार्ण कम्पनीले १ बर्षभित्र भवनमा जे जस्तो खराबी भएपनि पुनः निमार्ण गर्ने सम्झैता रहने भएकाले पत्रचार गरेर काम गराउने नगर उपप्रमुख तथा योजना अनुगमन समितिका संयोजक कमल सिह बोहराले बताए । नगरपालिकाले मौखिक जानकारी गराएर निमार्ण कम्पनी सेती निमार्ण सेवा डोटीलाई छिटो मजबुद बनाउने भनिसकेको पाटन नगरपालिकाका योजना शाखा प्रमुख बिरसिह महताले बताए । उनले भने, फोनमा कुरा भएको छ आईतबारबाट काम गर्छु भनेको छ गरेन् भने अनी पत्रचार गछौ

 

 

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.