पाटन भ्याली क्रिकेट क्लबले उदयदेव प्रिमियर लिग–२ आयोजना हुनेः लोगो सार्वजनिक

बैतडी : बैतडीको पाटन नगरपालिका- ६ मा रहेको पाटन भ्याली क्रिकेट क्लबले दोश्रो संस्करणको उदयदेव प्रिमियर लिग आयोजना गर्ने भएको छ ।

क्लबको शनिबार बसेको बैठकले दोश्रो संस्करणको उदयदेव प्रिमियर लिग आयोजनाको लागि आन्तरिक तयारी गर्ने निर्णय गरेको हो । लोगो सार्वजनिक गरेकाे छ ।

गत वर्ष नगरस्तरीय प्रतियोगिताको आयोजना गरेको पाटन भ्याली क्रिकेट क्लबले यस वर्ष जिल्लास्तरीय वा क्लबस्तरीय गर्ने भन्ने विषयमा आगामी बैठकबाट छलफलगरी टुंगोमा पु¥याइने क्लबका सचिव सन्तोश जोशीले जानकारी दिए ।

आजको बैठकबाट उदयदेव प्रिमियर लिगको लोगो पनि अनावरण गरिएको सचिव जोशीले बताए । विगतका वर्षहरुभन्दा यसवर्ष थप परिस्कृत गर्दै प्रतियोगिताको आयोजना गरिने क्लबले जनाएको छ ।

कृष्ण माविकै खेलमैदानमा प्रतियोगिता आयोजना हुने छ । खेलमैदान स्तरोन्नतीको लागि यस वर्ष निर्माणको काम हुने भएकाले प्रतियोगिताको लागि अर्काे बैठकबाट निर्णय गरिने क्लबका अध्यक्षा विकाश विष्टले बताए ।

खेललाई धार्मिक पर्यटनसँग पनि जोड्ने उदेश्यकासाथ उदयदेव प्रिमियर लिगको आयोजना गर्न लागिएको सचिव जोशीले जानकारी दिए । यस प्रतियोगिताको अवधिभर यहाँका धार्मीक पर्यटनसँग जोडिएका क्षेत्रको व्यापक प्रचार गरिने भ्यालीले जानकारी गराएको छ ।

यसैगरी पाटन भ्याली क्रिकेट क्लबले पाटन नगरपालिकासँग पनि समन्वय गरि अतिरिक्त कार्यक्रमको आयोजना गर्ने भएको छ । महाशिवरात्रीको अवसरमा कृषि प्रदर्शनी मेलाको आयोजना गर्नमा पनि क्लबले सहकार्य गर्ने निर्णय गरेको क्लबका कोषाध्यक्ष बिरेन्द्र भण्डारीले जानकारी दिए ।

गत वर्ष पनि स्वर्गेनी पिपल धाममा लागेको मेलामा वडा कार्यालयसँग सहकार्य गरेर कृषि प्रदर्शनी मेलाको आयोजना गरेको थियो ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.