बैतडी : बैतडीका तीन गृहिणीसहित चार महिलासँग चार पाङ्ग्रे सवारी चालक अनुमतीपत्र (लाइसेन्स) प्राप्त गरेका छन् । जिल्लाको सुर्नया गाउँपालिका तीन गृहिणी महिलाले चार पाङ्ग्रे सवारी चलाउन सिकेर चालक अनुमतीपत्र समेत लिएका छन् । सुर्नया गाउँपालिका वडा नम्बर ६ बस्ने २२ बर्षीय खगेश्वरी भट्ट, २८ बर्षीया मानमती भट्ट, २४ बर्षीय हिमा साउँद खत्रीले चालक अनुमती पत्र प्राप्त गरेका छन् ।
दिगो आम्दानी मार्फत महिला उधमिहरुको आर्थिक शसक्तिकरण परियोजना अन्र्तगत वमेनस बैंक र एफसिए नेपालको आर्थिक सहयोग तथा साझेदार संस्था सामाजिक चेतना तथा बिकास संघ ९साडा० नेपालले महिला तथा पिछडीएका लक्षीत वर्गहरुलाई आर्थिक तथा प्राविधिक सहयोग गरेर जिविकोपार्जनतर्फ आर्कषण बढाउन महिलालाई सिगास र सुर्नया गाउँपालिका चार जनालाई दुई महिना सवारी साधान सञ्चालन गर्ने तालिम दिइएको थियो ।
तालिम दिएका चार जना मध्ये तीन जनाले यातायात व्यवस्था कार्यालय डडेल्धुराबाट सवारी चालक अनुमती पत्र प्राप्त गरेका हुन् । उनीहरुले मध्ये तीनजना गाडी सञ्चालनको तयारीमा रहेको साडा नेपाल बैतडीका कार्यक्रम संयोजक भुपाल बोहराले बताए ।
खगेश्वरी भट्टले अहिले कहिले काही स्थानीय बजार मुसेबाट खोड्पे गाडी चलाइरहेको फोटोहरु भिडीयोहरु सार्वजनीक भएका छन् । सिगास गाउँपालिका वडा नम्बर ९ की मन्जु धामीले भने चार पाङ्ग्रे सवारी चलाउन शिप सिके पनि चालक अनुमती पत्र प्राप्त गर्ने सकेकी छैन् । दुई पटक चालक अनुमती पत्रको प्रयोगात्मक परिक्षामा असफल भएको फेरी दिने तयारीमा रहेको जनाएको छ ।
जिल्लाको पञ्चेश्वार गाउँपालिकाले एक युवतीले अनुमती पत्र लिए सवारी सधान चलाउन थालेकी छन् । पञ्चेश्वर गाउँपालिका–४, निङलाडकी रुबी पालिकादेखि प्रदेश राजधानी धनगढीसम्म सार्वजनिक यातायात चलाउँदै आउनुभएको छ ।