सरस्वती मावि भवनः बिग्रेएको ठाउँमा तत्काल सुधार गर्न निर्माण कम्पनीलाई नगरपालिकाकाे निर्देशन

बैतडी : बैतडीको पाटन नगरपालिका–१ बयालाचौरमा पर्ने सरस्वती माविको नयाँ निमार्ण भएको भवनमा देखिएका त्रुटी तत्काल सुधार गर्ने नगरपालिकाले निर्देशन दिएको छ ।
इन्फो समाचारले सरस्वती मावि बयालाचौरको नयाँ भवनको ‘बरन्डा’ ४ महिनामै चर्कियो भन्ने शिर्षको समाचार प्रकाशित गरेपछि पाटन नगरपालिका नगर उपप्रमुख कमल सिह बोहराको नेतृत्वको टिमले निरिक्षण गरेको छ ।

निशिक्षण उप प्रमुख बोहरा, वडा अध्यक्ष तर्कसिह ठगुन्नाले एक अनुगमन तथा निरिक्षण पुस्तीका लेखेका छन् । विद्यलायका प्रधानाध्यपक करविर भट्टराई, आयुष बिल्डस का निमार्ण व्यवयासी नरेश चन्द, वडा सचिव डम्बर पाण्डेय लयातका स्थानीयले बिद्यालयको निरिक्षण गरेपछि सुधार गर्नु पर्ने बिषयमा छलफल गरेका छन् ।

छलफलमा नयाँ भवनको बरन्डा चिरा माटो कमजोर भएर भएको देखिएको छ । समाचारमा नउठाएका बिषय फेरी कमजोरी देखिएको छ । हतारमा भवन बनेकोले झ्याल ढोका नलाग्ने, भवनका एक कक्षा भित्र चिरा, स्टीलबार कमजोर देखिएको उपप्रमुख कमल सिह बोहराले बताए ।

‘कर्मजारी विपदले आयो वा कसरी भयो सबै निमार्ण व्यवसायीले त्तकाल बनाउनु पर्छ । ’ उनले भने, ‘अहिले निमार्ण गरेपछि स्टमेटमा छैन कहाँ भन्न मिल्छ जस्ता समस्या देखिएका छन् । सुधार गर्नु पर्छ।’

वडा अध्यक्ष तर्कसिह ठगुन्नाले भवन बनाउने समयमा बेला बेला अनुगमन गरेपनि यी समस्या आएको बताए । उनले स्टीलबार लगायतका बिषयमा मैले समय समयमा कुरा उठाउदै आएको बताए । नयाँ भवनमा आएको समस्या समाधान गर्न निमार्ण कम्पनी सकरात्मक भएको बताए ।

निमार्ण कम्पनीका प्रतिनिधी चन्दले बरन्डा स्टमेट बाहिरकै भएकोमा जोड दिए । उनले झ्लढोका मर्मत गर्ने तर बरन्डा हटाई दिने कि भन्नेमा पुगेको बताए । उनले भने, ‘बिद्यालय भवन असारमा सक्नु पर्ने बैशाखमै विद्यार्थी कक्षामा प्रवेश गराएर पनि समस्या भएका छन् ।’

बरन्डा चिरा चिरा भएकाले भवनको भत्कीने खतरा बढेको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष शेरबहादुर चन्दले इन्फो समाचारलाई गुनासो गरेका थिए ।

निमार्ण गर्ने बेला नै हामीले निमार्ण कम्पनी र नगरपालिकालाई कमसल निमार्ण समाग्रीको प्रयोग भएको जानकारी गराएको तर कसैले टेरेन अहिले यस्तो भयो के गर्ने अध्यक्ष चन्दले भने, ‘हाम्रो आँखा अगाडी नै मोटो मिसावट त बालुवा हालेको थियो अरु त के–के गर्यो कमसल भवन निमार्ण गरिदिएको छ, अनुगमन गर्ने निकाय पनि ठेकेदारकै भनेमा लागेको छ।’

 

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.