अजयमेरु गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डडेल्धुरा:

डडेल्धुराको अजयमेरु गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। मगंलबार अजयमेरु गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको अजयमेरु गाँउपालिकाका स्वास्थ्य संयोजक गणेश पालले बताए।

कार्यक्रममा जिल्ला पूर्ण खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारी र जिल्ला पूर्ण खोप समन्वय समितिका सदस्य सचिवसमेत रहेका स्वास्थ्य कार्यालयका प्रमुख केशरबहादुर साउँदले सयुक्त रुपमा पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथी भण्डारीले सबै मापदण्ड पूरा गरेर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सफल भएकोमा अजयमेरु गाउँपालिकालाई धन्यवाद दिनुभयो ।

राष्ट्रिय पूर्ण खोप निर्देशिका अनुसार गाउँपालिकालाई यस वर्षका लागि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जानाईएको छ। स्वास्थ्य संयोजक पालले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नका लागि पालिकामा रहेका १६ देखि ५९ महिनाका बालबालिकाको घरधुरी सर्वेक्षण गरिएको जानकारी दिए।

बालबालिकालाई प्रत्येक महिना नै १३ प्रकारका रोगविरुद्ध खोप लगाउने गरिन्छ भने खोपमा सबैको पहुच भए पछि पालिका लाई पूर्णखोप सुनिश्चितता घोषणा गर्ने र सबै पालिका घोषणा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिने स्वास्थ्य कार्यालय प्रमुख केशर बहादुर साँउदले बताउनु भयो ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.