बैतडीका ज्ञानेन्द्र तीन महिनादेखी अस्पतालमा, आर्थिक सहयोगको अपिल

बैतडी: बैतडीको एक बालक तीन महिनादेखी काठमाण्डौ अस्पतालको बेडमा छन् । जिल्लाको पाटन नगरपालिका ६ खिपाली बस्ने हरिष सिह लुहारका ६ बर्षिय छोरा ज्ञानेन्द्र लुहार रोग पत्ता नलागेर समस्यामा छन् ।

तीन महिनासम्म अन्नपूर्ण निउरो अस्पतालमा उपचार गराइरहेको ज्ञनेन्द्रको रोग पत्ता नलागेपछि केही जाचँ भारतमा हुने भएको छ ।

आर्थिक सहयोग संकलन गरेर तीन महिना उपचार गराए हरिषलाई अहिले भारतमा जाँच गराउन आर्थिक अभाव भएको छ ।

बिद्यालय पढने उमेरमा ज्ञानेन्द्र उपचारसंग लडिरहेका छन् । रोग पत्ता नलाग्दा उनलाई थप चुनौती थपिएको छ ।
उनको बुवा हरिषले छोराको उपचारका लागि आर्थिक सहयोग गरिदिन सम्पुर्ण दानवीरहरुलाई अनुरोध गरेका छन् ।

आर्थिक अवस्था निकै कमजोरा दलित समुदाय हरिषले छोरालाई हिड्न, बस्न, बोल्न, खाना खान नसक्ने अबस्थामा पुगेपछि उपचार प्रक्रियामा ल्याएको बताए ।

सहयाेगका लागि खाता  नम्बर : 0823901768396011 HARISH B.K कृषि बिकास बैंक पाटन बैतडी

 

 

 

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.