प्रधानाध्यापक चाडले जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरे

बैतडी: प्रधानाध्यापक दिपेन्द्र सिंह चाडले जन्मदिन आफ्नै विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेर मनाएका छन। सिद्धेश्वर माध्यमिक विद्यालय पाटन नगरपालिका–०१ मेल्चौराका प्रधानाध्यापक चाडले जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका हुन।

कक्षा १ देखी १२ सम्मका उत्कृष्ठ विद्यार्थी र कक्षा प्रथम, द्धित्तीय र तृतीय विद्यार्थीहरुलाई कापि कलम वितरण गरिएको प्रधानाध्यापक चाडले बताउनुभयो। जन्मदिनमा गरिने फजुल खर्च नगरी विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको उनले बताएका छन।

पछिल्लो समय जन्मदिनलाई मान्छेहरुले फजुल खर्चको रुपमा मनाउदै आइरहेको हुँदा अब कुनैपनि उत्सवहरुमा अनावश्यक फजुल खर्चलाई कटौती गरी सामाजिक कार्यमा लगाउनु पर्छ भन्ने सन्देश दिनका लागि आफ्नो जन्मोत्सवलाई फरक तरिकाले मनाएको प्रधानाध्यापक चाडले बताए ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!