ललित बोहरा/ बैतडी : बैतडीका अधिकास स्थानीय तहले बिद्यालय शिक्षामा प्रभाव बढाउन चाहेका छन् । शि क्षाको गुणस्तर सुधार गर्न यहाँका स्थानीय तहले बिद्यालय मर्जदेखी परिक्षामा कडाई गर्नेसम्मका कार्यहरु गरेका छन् ।
शिक्षा क्षेत्रका निर्णयमा जिल्लाको केन्द्र बिन्दुमा रहेको पाटन नगरपालिकाका पहिलो नै छ । त्यसपछि सुर्नया गाउँपालिका । तर कार्यान्वलयमा जटिलता स्थानीय तहमा रहेका छन् ।
पाटन नगरपालिकामा २०७९ सालमा आएका जन निर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेको केही महिनापछि नै शिक्षामा आमुल परिर्वतन गर्ने निर्णयसंगै बिद्यालय मर्जदेखी बालविकास सहजकर्तादेखी शिक्षकसम्मको दरबन्दी मिलान सरुवा लगायतका बिषयमा बृहत छलफल गरेर शिक्षा समितिले निर्णय गरेको थियो ।
२०७९ सालमै पाटन नगरपालिकामा रहेका बिद्यालय मर्ज र नगर स्वंमसेवक शिक्षक बाल विकासलाई सरुवाको ड्राप्ट नै शिक्षक–शिक्षकको हातमा पुग्यो । तर पावर फुल अर्थात राजनितिक शक्ति भएका वडा अध्यक्ष भएको बिद्यालय मर्ज हुन सकेनन् । भने वडा नम्बर ५ र ७ मा तीन बिद्यालय सहजजै मर्ज र तह घटाउनेमा परे ।
२०७९ साल ४ महिना ६ गते पाटनको नगर शिक्षा समितिको निर्णय कार्यान्वयमा बिलम्ब भयो । पछिल्लो समय बिद्यालयलाई पाटन नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले २०८१ साल १ महिना १६ गते पत्र लेख्दै बिद्यार्थी वितवरण माग गरेको छ ।
नगर शिक्षा समितिको बैठक २०८१ साल १ महिना ११ गतेको निर्णय अनुसार तोकेको मापदण्ड बमोजीम बिद्यार्थी संख्या नभएका बिद्यालयलाई मर्जका लागि बिद्यालयबाट २०८१ साल १ महिना ३० गतेसम्म बिद्यार्थी संख्या माग गर्न निर्णय भएको पत्रमा उल्लेख गरेका छन् । नगर शिक्षा समितिका अधिकास निर्णय हुबहु कार्यपालिकाले पारित गर्ने गरेका छ । त्यो पत्र बिद्यालयलाई पुग्यो तर फेरी कार्यान्वयमा चासो कसैको देखिएन ।
त्यसपछि २०८१ साल ३ महिना ३ गते शिक्षा शाखाले सम्पुर्ण सामुदायक बिद्यालयलाई शिक्षक र बिद्यार्थीको विवतरण यर्थाथ, सत्य, .तथ्य यथाशिघ्र पठाउन तथा अनलाईमा प्रविष्ट गर्ने पत्रमार्फत भनेको छ ।
दुई दिनको समय दिएको पत्रमा ३ महिना २९ गतेको नगरकार्यपालिको निर्णय अनुसार बिद्यालय समायोजना सम्बन्धी आवश्यक कार्यका लागि ४ महिना १ गते भित्र सबै बिद्यालयका शिक्षक र बिद्यार्थीहरुको यर्थाथ, सत्य, .तथ्य यथाशिघ पठाउनुका साथै इएमआइएस प्रविष्ट गर्ने पत्रमा भनिएको छ ।
एक पछि अर्को नगरपालिकाले निर्णय गरेको छ । तर नगरपालिका बैठकमा सबै सहमत हुन्छ वडा वा बैठकबाट बाहिर आएपछि राजनितीक स्वार्थमा जोडिएका देखिन्छन् । कार्यान्वयमा स्थानीय सरकार लाचार भएको छ । पछि आउने जटिलतालाई मध्य नजर नगरेरै गरिने निर्णय पालिका आफुले गरेका निर्णय आफु नमान्ने भएको छ।
शिक्षा क्षेत्रका मात्र हैन अन्य क्षेत्रका समेत स्थानीय तहको कार्यपालिकाले निर्णय गरेर कार्यान्वय नगरेपछि सिँगो कार्यपालिकाको गरिमामा आँच आउने थालेको छ ।
पाटन नगरपालिकाले बिद्यार्थी संख्या कम भएका बिद्यालयलाई अनुदान रकम नदिने पत्र
बैतडीको पाटन नगरपालिकाले बिद्यार्थी संख्या कम भएका बिद्यालयलाई नगर अनुदान नदिने निर्णय गरेको खुलेको छ । गत असोज १० गते बसेको नगर कार्यपालिकाको बैठकले बिद्यार्थी संख्या मापदण्ड अनुसार नभएका बिद्यालय नगर अनुदान नदिने निर्णय गरेको पत्र बिद्यालयहरुलाई पठाएको छ ।
नगरकार्यपालिको निर्णय नम्बर ६ लाई कोट गर्दै असोजमा पठाउनु पर्ने पत्र कार्तिक ४ गते नगरपालिका शिक्षा शाखा प्रमुख ललित कुमार पाण्डेयले बिद्यार्थी संख्या मापदण्डको परिधि भित्र रहने गरी नगर शिक्षकलाई असोज मासन्तपछि अवकास नदिएमा व्ययभार बिद्यालयले नै लिनु पर्ने भनेको छ । दुई नगर शिक्षा दिएकोमा कुन नगर शिक्षक हटाउने केही निर्णय भएको भए खुलाएको छ्रैन् । भने असोज मसान्तबाट लागु गर्नु पर्ने पत्र कार्तिक ४ गते बिद्यालयलाई पठाएको छ । यो समयमा अधिकास बिद्यालय बन्द थिए ।
बिद्यार्थी संख्या मापदण्डमा बाल विकासमा न्युनतम २५ जना, कक्षा १ देखी ३० जना, कक्षा १ देखी ५ सम्म ६५ जना, कक्षा १ देखी ८ सम्म १ सय १० जना, कक्षा १ देखी १० सम्म १ सय ७० जना कक्षा १ देखी १२ सम्म २ सय १० जना राखेको छ । सो सख्या भन्दा काम भएका बिद्यालयलाई नगर कोट घटाउने छ । नगरपालिकाले यो मापदण्ड नगर कार्यपालिकाबाट पारित गरेपनि कार्यान्वय गर्न सकेको छैन् ।
यो पत्रले अधिकास नगर शिक्षक र कम बिद्यार्थी संख्या नभएका बिद्यालय अलमलमा छन् । बिद्यालयले नगरपालिकालाई ढिलो निर्णय गरेकाले कार्यान्वयमा समस्या भएको बताए । शैक्षिक शत्र सुरु भएको ६ महिनापछि निर्णय आएको छ शिक्षक घटाउने की बिद्यार्थी घटाउन अब बिद्यालयहरुलाई समस्या आएको कृष्ण मावि पाटनका प्रधानाध्यापक बिरेन्द्र केसीले बताए ।
उनले भने, समयमा निर्णय आएन बिद्यालयलाई न उताको न उताको बनाइदियो, सुझाव पनि संकलन हुदैन् सिधै निर्णय गरेका छन् । एक एक गाउँ गरेर शिक्षकले बिद्यार्थी संख्या पढाउन खोजर बिद्यार्थी भर्ना गरेका छन् ।
बृहत छलफल भएरै नगरपालिको व्ययभार कम गर्न कार्यपालिकाले निणर्य गरेको कार्यपालिका सदस्य तथा वडा अध्यक्ष फुनी बोहराले बताए । उनले भने, ‘मेरो वडामा बिद्यार्थी संख्या कम भएका बिद्यालय मर्ज भएका छन शिक्षक पाल्नु परेका छैन् । कम बिद्यार्थी संख्याले तह घटाउने की मर्ज गर्ने अनिर्वाय गर्नु पर्छ निर्णय मात्र गरेर हुँदैन् ।’
बिद्यार्थी संख्या कम भएको बिद्यालय र बिद्यालय व्यवस्थापन समितीलाइ जिम्मेवारी, अभिवाकहरुलाई जिम्मेवार बनाउन यो निर्णय गरिएको समाजिक विकास समिति संयोजक हरिष बिष्टले बताए । उनले निर्णय कार्यान्वयन कडा रुपमा हुने, बढी जनगुनासो आएमा नगर सभामा पेश गर्ने बिषयमा समेत छलफल भइरहेको बताए ।
‘बिद्यार्थी नभएको ठाउँमा शिक्षक राखेर नगरपालिकाको व्ययभार बढी भएकाले कार्यपालिकाले सिँगो कार्यपालिकाले निर्णय गरेको हो । उनले, कार्यपालिकामा सबैलाई थाहा छ नेकपा माओवादीका पनि छन्, काग्रेस, एमाले सबै पार्टीका छन् । यसरी राजनिती शिक्षामा गर्नु हुदैन् ।
संयोजक बिष्टले नगरपालिकाले बढीमा १२ जना नगर शिक्षक सेवाबाट बाहिरिने आकलन गरिएको छ । संघको अनुदान पनि आएको छ । त्यसमा प्राथमिता दिन सकिन्छ ।
बिद्यालय समायोजन, तह घटाउन र मर्ज नगरपालिको बाध्यता रहेको उपप्रमुख कमल सिह बाहराले बताए ।
उनले भने, ‘पहिलो कुरा बिद्यार्थी भएको स्कुलमा शिक्षक प्रयाप्त छैनन् जहाँ शिक्षक छन त्यहाँ बिद्यार्थी छैनन् संघिय सरकारले दर्बन्दि बिद्यार्थीको आधारमा मात्रै दिन्छ यता बिद्यालय खोलेकै आधारमा शिक्षक कोटा दिएर स्थानीय तहलाई भार भएको छ। ’
उपप्रमुख बोहराले थपे, ‘हाम्रो पालिकासंग आन्तरिक स्रोत धेरै छैन संघिय प्रदेश समानिकरणको रकम शिक्षक तलबमा खर्च गर्न नमिल्ने हो । हामीले बिगतमा यो गरेको कारणले बर्षौदेखी महालेखाले बेरुजु देखाएको छ । यसकारण बिद्यार्थी भएको बिद्यालयलाई बलियो बनाउने र शिक्षाको गुणस्तरका साथै पालिकालाई थप व्ययभार कम गर्न यो निर्णय भएको हो कार्यान्वय हुन्छ ।’
पाटन नगरपालिकामा ६२ बिद्यालय छन् । १ देखी ५ कक्षा पढाउने बिद्यालयमा ७ जना बिद्यार्थी छन जहाँ ३ जना शिक्षक छन् । भने बढी हुने बिद्यालयमा ४ सय बिद्यार्थी छन जहाँ १६ जना शिक्षक छन् ।