बैतडी:
बैतडीको पाटन नगरपालिका आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ६३ करोड ५३ लाख ६२ हजार २१० रुपैया बराबरको बजेट ल्याएको छ । नगर उपप्रमुख कमल सिंह बोहराले नगर सभामा उक्त बजेट प्रस्तुत गरेका हुन् ।
पाटन नगरपालिकाले आगामी आर्थिक वर्षको लागि शिक्षा, स्वास्थय, कृषी क्षेत्रलाई प्राथमिकतामा राखेको छ । बजेट प्रस्तुत गर्नु पुर्व नगर उपप्रमुख बोहराले चालु आर्थिक बर्षमा भएको मुख्य मुख्य कार्यहरुकोबारेमा सभालाई जानकारी दिएका थिए । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख गौरि सिंह रावलले शिक्षा क्षेत्र पहिलो प्राथमिकतामा रहेको र त्यसपछि क्रमैसँग स्वास्थ्य र कृषिलाई क्रमागत प्राथमिकता दिएको बताएका छन् । निती तथा कार्यक्रममा उपभोक्ता समितिबाट काम गर्ने योजनामा २० प्रतिशत जनश्रमदानलाई घटाएर १० प्रतिशतमा राखेको नगरपालिकाले जनाएको छ ।