एमाले पाटन नगरकमिटिले बुझायो नगर प्रमुखलाइ ज्ञापनपत्र

बैतडी : बैतडीको पाटन नगरपालिकालाई नेकपा एमालेले ज्ञापनपत्र पेश गरेको छ । विद्यालय समायोजन र नगर शिक्षक दरबन्दी कटौतीको विषयमा पुनरबिचारको माग गर्दै नगर प्रमुख गौरी सिंह रावलसमक्ष ज्ञापनपत्र पेश गरिएको हो ।
एमालेका नगर कमिटि अध्यक्ष धर्मराज भट्टले नगर प्रमुख रावलसमक्ष ज्ञापनपत्र पेश गरेका हुन् ।
संघीय संसोधित ऐनको आधारमा स्पष्ट पालिकास्तरीय शिक्षा ऐन तथा विनियमावली बनाउनुपर्ने माग गरिएको छ।
ज्ञापनपत्रमा जनसंख्या बृद्धिदर, बसाइसराईदर र भौगोलिक बिकटतालाई हेरेर विद्यालय समायोजन प्रक्रिया अघि बढाउनुपर्ने उल्लेख गरिएको छ ।
यसैगरी शैक्षिकसत्रको बिचमा विद्यालय समायोजन तथा शिक्षक व्यवस्थापन गर्ने निर्णयमाथि पुनरबिचार गर्नुपर्ने माग गरिएको एमाले नेता भिम भट्टले बताए ।
केही दिन पहिले एमाले नगर कमिटि अध्यक्ष धर्मराज भट्टद्धारा हस्ताक्षरित विज्ञप्ती सार्वजनिक गर्दै एमालेले यस विषयमा पुनरबिचार गर्न माग गरेको थियो ।
नगरपालिकाले गरेको निर्णयले समुदाय, शिक्षक, विद्यार्थी र समग्र विद्यालय परिवारमा प्रत्यक्ष असर परेको र ऐन विपरित निर्णयहरु गरिएको ठहर गरिएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.