बैतडी : बैतडीमा एक फरार अभियुक्त पक्राउ परेका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका ५ बस्ने बर्ष ६० को प्रेम चन्दलाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले शोमबार पक्राउ गरेको हो । अदालत बैतडीको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा २ बर्ष ३ महिना ३ दिन कैद सजाय र रु।२५,०००। जरीवाना तोकिएका चन्द प्रहरीको फरार सुचिमा थिए । अभियुक्तलाई घर ठेगाना पञ्चेश्वर ५ बाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।